शुक्रबार, वैशाख १४, २०८१

वैदेशिक रोजगारीमा पठाउन नसकेपछि आफ्नै साथीको हत्या

वैदेशिक रोजगारीमा नपठाइदिएको भन्दै एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्। लेबनान नपठाएको झोंकमा आफूसँगै आएका एक बंगलादेशी नागरिकको हत्या साथीबाटै भएको खुलेको हो।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं– वैदेशिक रोजगारीमा नपठाइदिएको भन्दै एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्। लेबनान नपठाएको झोंकमा आफूसँगै आएका एक बंगलादेशी नागरिकको हत्या साथीबाटै भएको खुलेको हो।

triton college

काठमाडौंको सोल्टिमोडस्थित होटल ग्रान्डी भिल्लामा माघ ७ गते मृत भेटिएका बंगलादेशी नागरिक ४५ वर्षीय अहमद मोहिउद्दिनको हत्या उनकै साथी दुला मियाले गरेको खुलेको हो। प्रहरीका अनुसार रक्सीको बोतलले टाउको र घाँटीमा प्रहार गरी उनले साथीको हत्या गरेका थिए।

महानगरीय प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ। होटलमा सँगै बसेका मोहिउद्दिन सुतेको मौका छोपेर दिउँसो हत्या गरी उनी फरार भएका थिए। मृतकले लेबनान पठाउने भनी मियाँबाट ३ लाख बंगलादेशी टाका लिएको र लेवनान नपठाएकोले हत्या गरको खुलेको डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। लेवनान पटकपटक पठाउन खोजे पनि नसकेपछि उनीहरुबीच विवाद भएको थियो ।

उनीहरु लेवनान जानकै लागि नेपाल आएको खुलेको प्रहरीले जनाएको छ। उनीहरु माघ ६ गते होटलमा आएकोमा ७ गते घटना घटेको हो। होटल व्यवस्थापनले भोलिपल्ट ८ गतेमात्र घटनाबारे थाहा पाएको थियो। मृतकको शव बंगलादेश पठाइसकिएको प्रहरीले जनाएको छ ।

मिया भारत र बंगलादेशको सिमावर्ती गाउँमा बस्ने सामान्य परिवारको रहेको बताइएको छ । साथीको हत्यापछि बंगलादेश जानको लागि अभियुक्त काँकडभिट्टा नाकासम्म पुगेको देखिएको प्रहरीले जनाएको छ। सुरुमा वीरगन्ज गएका मियाँ बंगलादेश जान उक्त नाकामा पुगेको र जान नसकेर पुनः काठमाडौं फर्किन लाग्दा प्रहरीले बुधबार सिरहाको लहानबाट पक्राउ गरेको हो। उनी रात्री बस चढेर काठमाडौं आउँदै थिए।

corrent noodles
Metro Mart

मियाको घर काँकडभिट्टाबाट २७ किलोमिटर मात्र टाढा पर्छ। मृतक यसअघि ६ पटक काठमाडौं आएर विभिन्न क्यासिनोमा गएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मृतक ट्राभल व्यवसायी हुन्।

प्रकाशित: Jan 30, 2020| 16:17 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।