शनिबार, वैशाख १५, २०८१

'लिग-२'को अन्तिम तयारीमा क्यान, खेलाडी उत्साहित

‘विश्वकप क्रिकेट लिग २’अन्तर्गत त्रिपक्षीय शृंखला सुरु हुन साताभन्दा कम समय बाँकी रहँदा नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको अन्तिम तयारीमा जुटेको छ।
 |  बिहीबार, माघ १६, २०७६

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, माघ १६, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग २’अन्तर्गत त्रिपक्षीय शृंखला सुरु हुन साताभन्दा कम समय बाँकी रहँदा नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको अन्तिम तयारीमा जुटेको छ।

triton college

क्यानले प्रतियोगितास्थल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान रेखदेख, रंगरोगनलगायत गरिरहेको जनाएको छ।

घरेलु मैदानमा पहिलो पटक ‘लिग २’ खेल्न पाउँदा नेपाली खेलाडी भने उत्साहित छन्।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एवम् ब्याट्सम्यान पारस खड्का भन्छन्, “निरन्तर क्रिकेटमै छौं। पोखरामा क्याम्प थियो। राम्रो तयारी भइरहेको छ। हामी फस्ट होम ओडिआई सिरिजका लागि उत्साहित छौं। वि आर सो एक्साइटेड टु प्ले।” नेपाली खेलाडी निरन्तर क्रिकेटमै भएकाले खेल्न गाह्रो नहुने उनको भनाइ छ।

राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी भने घरेलु मैदान भएकाले नेपाललाई खेल्न सजिलो हुने बताउँछन्। “होम ग्राउन्डको बेनिफिट हुन्छ। यो ग्राउन्डको बारेमा हामीलाई धेरै थाहा छ,” उनले थपे, “हामी अहिले ओमानलाई कसरी ट्याकल गर्नुपर्छ। विशेषगरि ब्याट्सम्यानलाई, अमेरिकालाई कसरी ट्याकल गर्ने भन्नेबारे ध्यान दिइरहेका छौं।”

corrent noodles
Metro Mart

मलेसियालाई जितेजस्तो अमेरिका र ओमानलाई जित्न सहज नहुने बताउँछन्, बलर सन्दीप लामिछाने। भन्छन्, “अमेरिकासँग धेरै राम्रा खेलाडीहरू छन्। विश्वभरका मानिस बसेकाले त्यहाँ विश्वभरकै खेलाडी हुन्छन्। अमेरिकाको बलिङ र ब्याटिङमा ब्यालेन्स छ। ओमानको पनि उस्तै राम्रो प्रदर्शन छ।” 

सन्दीप अमेरिका एसोसिएट राष्ट्र भएकाले उसको सबै पक्ष उत्तिकै राम्रो हुने बताउँछन्।

प्रतियोगितामा नेपाललाई चुनौती पनि उत्तिकै छ।

यसमा सहमत छन्, पूर्वकप्तान खड्का । “अपोनेन्टहरू पनि राम्रो छ। त्यसैले हामीले मोमेन्टमचाहिँ अहिलेबाट नै क्यारी गरिरहेका छौं,” खड्का भन्छन्, “ओभियस्ली, हाम्रो उद्देश्य जित नै हो। यो सिरिजबाट एक्सपेक्टेसन हाइ छ। तर, त्यो भयो भन्दैमा हामीले ओभर एक्साइटेड भएर खेल्नुपर्ने पनि छैन।”

क्यानप्रति खेलाडी आशावादी

गत असोजमा क्यानमाथिको निलम्बन फुकुवापछि नेपाल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने आशा गरिएको थियो। तर, त्यसयता नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सकेको छैन।

तर, पनि खेलाडीहरू क्यानले भविष्यमा प्रतियोगिता सञ्चालन गर्नेमा आशावादी छन्।

ऐरी भन्छन्, “खेलाडीले तयारी त पर्सनल्ली गर्नुपर्छ। क्यानले त आफ्नो काम गरिरा‘छ। तिनीहरूले त अब क्रिकेटमा इन्भल्ब भन्दा पनि बाहिरतिर कसरी ग्राउण्ड मेन्टेन गर्ने भन्ने काम गरिरहेको छ। हामी प्लेयरहरूले चाहिँ खेल हेरेर तयारी गरिरहेका छौं।”

हुन पनि खेलाडीले एक वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको ओडीआई खेलेको छैन। अन्तिम पटक नेपालले श्रीलंकामा एकदिवसीय खेल खेलेको थियो। त्यसपछि आन्तरिक प्रतिस्पर्धामै नेपाली खेलाडी सीमित छन्। ‘लिग २’का लागि नेपाली खेलाडीले एक महिनामात्रै अभ्यास गर्न पाएका छन्।

नेपालमा क्रिकेटको क्रेज धेरै बढेर गए पनि सो अनुसारको विकास हुन सकेको छैन। अब भने क्यानले खेलाडीको भविष्यप्रति ध्यान दिने खेलाडीले आशा राखेका छन्।

पूर्वकप्तान खड्का भन्छन्, ‘आशा गर्छौं आगामी दिनमा खेलाडीको लागि नीति आउने छ। खेलको इन्फ्रास्ट्रक्चरदेखि खेलाडीको भविष्यसम्म सेक्योर हुने छ। क्यानले पनि क्रिकेटरलाई केही प्लान गर्दै होला। अगाडिको दिनमा प्राक्टिस पनि अझै राम्रो बन्दै जाओस्। आशा छ।”

‘पिच सन्तोषजनक छैन’

केही दिनअघि नेपाली क्रिकेट टोली पनि कीर्तिपुरमै ट्रेनिङ गरिरहेका थिए। खेलाडीलाई ट्रेनिङ गराउन उपलब्ध गराइएको मुलपानीको मैदानमा पनि काम भइरहेका कारण खेलाडीले कीर्तिपुरमा ट्रेनिङ गरेका हुन्।

तर, क्यानले अन्तिम समयमा जति मेहेनत गरे पनि मैदान सोचेजस्तो नहुने नेपाली टिमका प्रशिक्षक उमेश पटवाल बताउँछन्। भन्छन्, ‘ग्राउन्डको क्वालिटी अझै पुगेको छैन।’

उनी ‘लिग २’ जस्तो प्रतिष्ठित खेलका लागि धेरै पहिल्यैबाट पिचको अवस्था राम्रो बनाउन लाग्नुपर्ने बताउँछन्।

उनले भने, “सानो प्रतिफल पाउन पनि धेरै समय मेहनत गर्नुपर्छ। खेल सुरु हुन हप्ता दिन पनि छैन, यति सानो समयसम्ममा पिच तयार भइसक्न गाह्रो हुन्छ। यसको लागि धेरै पहिलेबाट नै काम थाल्नुपर्ने थियो।”

नेपालका लेग स्पिनर सन्दीप पनि कीर्तिपुरको पिच स्लो भएकाले त्यही अनुसारको ट्रेनिङ गरिरहेको बताउँछन्। उनले भने, “हाम्रो पिच अलिक स्लो नै छ, ब्याट्सम्यानहरूलाई गाह्रो नै हुन्छ।”

दैनिक तीन घन्टा कसरत गर्दै नेपाली खेलाडी

नेपाली खेलाडीले हाल दिनको ३ घन्टा कसरत गरिरहेका छन्। तर, ओडीआईमा खेलाडीले ७ घन्टा मैदानमा बस्नुपर्ने हुन्छ। 

यति मात्र कसरतले पुग्ला त ? भन्ने आम क्रिकेटप्रेमीको प्रश्नलाई प्रशिक्षक पटवालले बुझेका छन्।

उनी दक्षिण अफ्रिका र इंग्ल्यान्डको भर्खरै सम्पन्न टेस्ट क्रिकेटको उदाहरण दिँदै भन्छन्, “केही दिनअगाडि सम्पन्न टेस्ट पनि ४ दिनमा सकियो। यो खासमा पाँच दिनमा सकिनुपर्ने थियो। त्यसैले राम्रा देशले पनि लामो खेलमा टिक्न सकिरहेका हुँदैनन्। हामीले त्यता कम ध्यान दिइरहेका हुन्छौं।”

खेलाडीले लामो समयसम्म मैदानमा टिक्न नसके पनि प्रयास गर्दै जाँदा सुधार हुने बताउँछन्। 

प्रशिक्षक पटवालका अनुसार नेपालका शरद भेषवाकर सबैभन्दा बढी मैदानमा टिक्न सक्ने खेलाडी हुन्। “मैले शरद भेषवाकरलाई सबैभन्दा पहिले टिममा राखेको हुँ। उनी ओडीआईका लागि राम्रा खेलाडी हुन्,” प्रशिक्षक पटवालले भने।

प्रकाशित: Jan 30, 2020| 14:25 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।