शनिबार, वैशाख १५, २०८१

४५ हजार युवालाई रोजगारी दिने प्रदेश सरकारको याेजना

डीएफआईडीसँग भएको सम्झौताअनुरुप पूर्वाधार निर्माणको काम सुरु भएको छ। गत साउनमा भएको सम्झौताअनुसार विभिन्न सेवाप्रदायक संस्थाले रोजगारी सिर्जना गर्ने कार्य थालनी गरेका छन्।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

जनकपुरधाम– वैदेशिक रोजगारीमा सबैभन्दा बढी युवा प्रदेश नम्बर २ बाट गएको तथ्यांकले देखाउँछ । प्रदेश २ का आठ जिल्लामध्ये सबैभन्दा बढी धनुषा र महोत्तरीबाट युवाहरु वैदेशिक रोजगारका लागि पलायन भएका छन् ।

triton college

प्रदेशभित्रै रोजगारीको अवसर दिएर युवाहरुलाई विदेश पलायनबाट रोक्न प्रदेश सरकारले योजना अघि सारेको छ । प्रदेश सरकारले तीन वर्षभित्र ४५ हजार युवालाई रोजगार दिनेगरी योजना ल्याएको हो । र, यसका लागि प्रदेश सरकारले दार्त निकाय डीएफआईडीसँग केही महिनाअघि सम्झौता गरेको थियो ।

डीएफआईडीसँग भएको सम्झौताअनुरुप पूर्वाधार निर्माणको काम सुरु भएको छ । गत साउन महिनामा भएको सम्झौताअनुसार विभिन्न सेवाप्रदायक संस्थाले रोजगार सिर्जना गर्ने कार्य थालनी गरेको छ ।

सोमबार मोरङ अटो वर्क्सले जनकपुरमा जेसीबी तालिम केन्द्रको आरम्भ गरेको छ भने रोजगारी पसलले यसअघि नै प्रदेश २ को विभिन्न स्थानमा घुम्ती रोजगारी पसला सञ्चालन गरेर बेरोजगार युवाहरुको लगत संकलन गरेर रोजगार उपलब्ध गराउने काम सुरु गरेको प्रदेश सरकारले जनाएको छ ।

यसैगरी सीप परियोजनाका साझेदार संस्था लेवल स्टेपले सर्लाहीको हरिवनमा गलैचा बनाउने तालिमको सुरुवात गरेको छ भने एसबीआई बैंकले वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सहुलियत ऋण उपलब्ध गराउन सुरु गरेको छ । प्रभु बैंकले विहिबारदेखि यो योजना सुरु गर्न लागेको सीप परियोजनाका साविस अन्सारीले बताए ।

corrent noodles
Metro Mart

युवाहरुको प्रविधिमा पहुँच बढाउँदै रोजगार बनाउने योजनाअनुरुप युके एडको सहयोगमा प्रविधिमा महिला भन्ने कार्यक्रमसमेत बुधबारदेखि जनकपुरमा सुरु भएको छ ।

‘गर्ल्स इन टेक’ नाम दिइएको परियोजना जिनिस सोलुसन्स नामक गैरसरकारी संस्थाको सहकार्यमा थालनी भएको हो । लैङ्गिक असमानता हटाउन प्रविधिमा लगाव राख्ने किशोरीलाई शिक्षित एवं सशक्तिकरण गर्नु यस परियोजनाको उद्देश्य रहेको छ । परियोजनाअन्तर्गत सामाजिक रुपमा कमजोर पृष्ठभूमि बोकेका एक सय विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्नेछ ।

यसैगरी युके एडकै सहयोगमा जनकपुरलाई ‘क्यासलेस’ बनाउने योजनाअनुरुप आइएमईको सहयोगमा पैसा कार्डको समेत आरम्भ भएको छ ।

प्रकाशित: Jan 30, 2020| 12:25 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।