शनिबार, वैशाख १५, २०८१

संकटाको संकट टार्दै मनाङले निकाल्यो सानदार जित

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबलाई हराएको छ। मनाङले संकटालाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबलाई हराएको छ। मनाङले संकटालाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो।

triton college

खेलको ४२ औं मिनेटमा संकटाका डिफेन्डर अमित तामाङले आफ्नै पोस्टमा गोल गरेपछि मनाङले एक गोल उपहारमा पाएको थियो। अग्रता बनाएको एक मिनेटभित्रै मनाङका अन्जन विष्टले अग्रतालाई दोब्बर बनाए। उनले ४३ औं मिनेटमा सानदार गोल गरे।

पहिलो हाफमा २-० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा थप एक गोल गर्‍यो। खेलको ७१ औं मिनेटमा मनाङका निसान लिम्बूले गोल गरे।

जितसँगै मनाङले आफ्नो खातामा १९ अंक जोडेको छ। लिगमा अपराजित रहेको एकमात्र टिम मनाङले पाँख खेलमा जित र ४ बराबरी खेल्दै १९ अंक बनाएको हो। मनाङ अंक तालिकाको तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको मछिन्द्रको समान १९ अंक छ। त्यस्तै, २० अंकका साथ त्रिभुवन आर्मी क्लब शीर्षस्थानमा छ।

प्रकाशित: Jan 29, 2020| 17:40 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।