शुक्रबार, वैशाख १४, २०८१

एमसीसीबारे बोले प्रधानमन्त्री ओली

 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदबाट पारित हुने बताएका छन्। नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिन प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका ओलीले यसै अधिवेशनबाट एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिए।

triton college

“६–७ जना प्रधानमन्त्रीदेखि पार हुँदै आएको एमसीसी यसै अधिवेशनमा पारित गर्नुपर्छ,” उनले भने ।

प्रधानमन्त्री ओलीले सभामुख सापकोटाको काँधमा संसद सञ्चालनको गहन अभिभारा आएको बताउँदै सफल कार्यकालका लागि शुभकामना दिए। प्रधानमन्त्री ओलीले सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित हुनु खुसीको कुरा भएको बताउँदै यसले एउटा राम्रो लक्षण देखाएको बताए।

संविधानको रक्षा र मर्मअनुसार संसदलाई मर्यादित ढंगले अगाडि बढाउनेमा सापकोटा सफल हुनेमा आफू आशावादी रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो।

संसद सञ्‍चालनमा आफू र आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए। संसदको केही समय खेर गएको बताउँदै प्रधानमन्त्री ओलीले अब यसलाई खेर जान दिन नहुने बताए।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 28, 2020| 14:06 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।