शुक्रबार, वैशाख १४, २०८१

रूपन्देहीमा तीन ट्रक ठोक्किए, तीनको मृत्यु, ९ घाइते

रूपन्देहीमा सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने ९ घाइते भएका छन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

बुटवल– रूपन्देहीमा सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने ९ घाइते भएका छन्।

triton college

रोहिणी गाँउपालिका–४ छिपागढमा तीन ट्रक ठोक्किँदा तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार मृतकको अझै सनाखत हुन सकेको छैन।

दुर्घटनाका घाइतेलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु१ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना२ख ८४८१ र ना५ख ७८५६ नम्बरको ट्रक ठोक्किएका हुन्।

अत्याधिक कुहिरोको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 28, 2020| 10:32 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।