शुक्रबार, वैशाख १४, २०८१

‘न सरकार फेरिन्छ, न मन्त्री’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच दुई बुँदे सहमति भएसँगै प्रदेश २ मा सरकार परिवर्तनको हल्ला चलिरहेकोबेला मुख्यमन्त्री लालबाबु राउतले मुख खोलेका छन्।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

जनकपुरधाम - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच दुई बुँदे सहमति भएसँगै प्रदेश २ मा सरकार परिवर्तनको हल्ला चलिरहेकोबेला मुख्यमन्त्री लालबाबु राउतले मुख खोलेका छन्।

triton college

मुख्यमन्त्री राउतले अहिलेको प्रदेश सरकार कुनै हालतमा परिवर्तन नहुने बताउँदै पाँच वर्षसम्म चल्ने दाबी गरेका छन्। संघीयताविरोधी तत्वहरुले बजारमा सरकार परिवर्तनबारे गलत हल्ला चलाएको उनको भनाइ छ। मुख्यमन्त्री राउतले यस्ता हल्लाहरुमा कुनै सत्यता नरहेको दाबी गरे। सरकारलाई पाँच वर्षसम्म निरन्तरता दिन दुबै दलका शीर्ष नेताहरुको धारणा स्पष्ट रहेको उनले बताए।

नेपाल ईन्जिनियर्स एसोसिएसन प्रदेश २ ले सोमबार जनकपुरमा आयोजना गरेको वार्षिक साधारणसभामा बोल्दै राउतले भने,‘अहिले सरकार परिवर्तन हुने व्यापक हल्ला चलेको छ, मन्त्रीहरु परिवर्तन हुँदैछन् भन्ने प्रचारबाजी गरिएको छ, यस्ता हल्लामा कुनै सत्यता छैन्। सरकार पाँच वर्ष चल्छ, ढुक्क भएर बस्नुस।’

प्रदेश २ मा अहिले समाजवादी पार्टीको नेतृत्वमा राजपासहितको सरकार छ। राजपाले राष्ट्रियसभा निर्वाचनमा नेकपासँग सहकार्य गरेपछि प्रदेश २ मा दुबै दलको सरकार बन्नसक्ने व्यापक हल्ला चलेको छ।

उपभोक्ताहरुको बक्यौता भुक्तानी चाँडै हुने

corrent noodles
Metro Mart

मुख्यमन्त्री राउतले गत आर्थिक वर्षमा काम गरेरपनि भुक्तानी पाउन बाँकी रहेका उपभोक्ताहरुको भुक्तानी चाँडै हुने बताएका छन्। विभिन्न त्रुटिका कारण गत आर्थिक वर्षमा भुक्तानी हुन नसकेपनि अहिले खरिद नियमावाली परिवर्तन गरेर बक्यौता दिने प्रक्रियामा प्रदेश सरकार अघि बढेको उनले बताए।

‘गत आर्थिक वर्षकै योजना रहेकोले अहिले भुक्तानी दिन कानुनी अड्चन देखिएको छ,’ उनले भने, ‘संघीय सरकारसँग समन्वय गरेर खरिद नियमावली संशोधन गर्नेबारे हामीले कुरा अगाडि बढाएका छौं, उपभोक्ताहरुको बक्यौता रकम चाँडै भुक्तानी हुन्छ।’

गत आर्थिक वर्षमा उपभोक्ता समितिहरुमार्फत सम्पन्न करिब ८४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन नसकेपछि प्रदेशसभा बैठकसमेत बस्न सकेको छैन। उपभोक्ताहरुको भुक्तानी नभएसम्म सत्तापक्षका साथै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले बैठक बस्न नदिने भनेपछि बैठक अनिश्चितकालको लागि स्थगित भएको छ।

प्रकाशित: Jan 27, 2020| 18:25 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।