शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आन्तरिक सहमति जुटे पनि बस्न सकेन कांग्रेस केन्द्रीय समिति बैठक

आन्तरिक सहमति जुटे पनि बस्न सकेन कांग्रेस केन्द्रीय समिति बैठक

नेविसंघको एउटा गुट केही समयदेखि पार्टी कार्यालयमा अनशनरत छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं। असन्तुष्ट पक्षसँग सहमति गरेर डाकिएको कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको छैन। बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका सभापति शेरबहादुर देउवालाई नेविसंघका कार्यकर्ताले अवरोध गरेपछि बैठक बस्न नसकेको हो। नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमा हात हालाहाल नै भएको छ।

triton college

नेविसंघको एउटा गुट केही समयदेखि पार्टी कार्यालयमा अनशनरत छ ।

कांग्रेसले आज नेविसंघ केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरेपछि कुन्दनराज काफ्ले निकट समूह विरोधमा उत्रिएको हो। उक्त समूहले विगत ४१ दिनदेखिको जारी रिले अनशनलाई आजबाट आमरण अनशनमा परिणत गरेको छ। विधानमा भएको व्यवस्थाबमोजिम ३२ वर्ष मुनिको उमेर समूहबाट तदर्थ समिति ल्याउनुपर्ने माग उक्त समूहको छ।

शुक्रबार बूढानिलकण्ठस्थित सभापति देउवाको निवासमा भएको सहमतिलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि विवाद समाधान हुने विश्वास गरिएको थियो। देउवा निवासमा विवाद समाधानका लागि भएको सहमतिलाई अनुमोदन गर्न आज दिउँसो १ बजे कांग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको थियो।

कतिपय विभाग र भातृ संगठनको नेतृत्व र भागवण्डाको हिसाब मिलाउन बाँकी नै छ कांग्रेसमा।

corrent noodles
Metro Mart

मंसिर २६ गतेदेखि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह पनि आजको बैठकमा सहभागी हुने बताइएको थियो।

प्रकाशित: Jan 27, 2020| 15:18 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।