बुधबार, वैशाख २६, २०८१

आस्क मीको अनलाइन जब फेयर माघ १५ र १६ मा

 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं– आस्क मी म्यानेजमेन्टले यही माघ १५ र १६ गते (जनवरी २९ र ३०) दुई दिनसम्म नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन गर्ने भएको छ ।

triton college

इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाट नै जागिरको खोजी गराउन आस्कमी कन्सल्ट डटकममा भर्चुअल जब फेयर सञ्चालन गर्न लागिएको हो ।

कर्पोरेट क्षेत्र, बैंक, बीमा, होटल, उत्पादन तथा प्रशोधनका साथै विविध क्षेत्रसँग सम्बन्धित रोजगारदाता कम्पनीहरूलाई समेत लक्षित गरी अनलाइन जब फेयर सञ्चालन गर्न लागेको आस्कमी म्यानेजमेण्टले जनाएको छ ।

नेपालमै पहिलो पटक हुन लागेको सबैभन्दा ठूलो अनलाइन जब फेयरमा घरमै बसी बसी ल्यापटप वा कम्प्युटरबाटै भिजिट गर्न सकिने आस्कमी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले बताइन् । उनका अनुसार आस्कमी म्यानेजमेण्टको वेब पोर्टलमा लगइन गरेर उपलब्ध गराइएका कम्पनीहरुमा सिधै जब एप्लिकेशन दिन सकिन्छ ।

प्रकाशित: Jan 27, 2020| 12:02 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्