शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सञ्चारमाध्यम स्वतन्त्र हुन नसकेको मुख्यमन्त्री पोखरेलको गुनासो

सञ्चारमाध्यम स्वतन्त्र हुन नसकेको मुख्यमन्त्री पोखरेलको गुनासो

नेपालका सञ्चार माध्ययम आजको अवस्थामा पनि पूर्ण स्वतन्त्र हुन नसकेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।
 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

भैरहवा- नेपालका सञ्चार माध्ययम आजको अवस्थामा पनि पूर्ण स्वतन्त्र हुन नसकेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।

triton college

प्रेस संगठन नेपाल प्रदेश ५ को प्रथम भेलालाई बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालका मिडियालाई कर्पोरेट हाउसले प्रभावित गराएको बताए।

उनले समाचार पनि कर्पोरेट हाउसको रुचीमा प्रकाशन तथा प्रसारण भईरहेको भन्दै स्वतन्त्र पत्रकारिताको मर्म अनुसार निष्ठापूवर्क काम गर्न सम्पादक तथा पत्रकारहरुलाई आग्रह समेत गरे।

उनले भने, ‘काठमाडौंले सधैं आफू अनुकुलको समाचार तयार पार्न जिल्ला जिल्लालाइ निर्देशन दिन्छ अनि हामी सोही अनुसार सामग्री तयार गर्छौँ। त्यसो गर्दा काठमाडौं बाहिरको महत्वपूर्ण विषयहरुले मिडियामा महत्वपूर्ण स्थान पाउन सक्दैनन्। ’

नेकपाका प्रदेश इन्चार्ज समेत रहेका पोखरेलले काठमाडौंका केही मिडिया हाउसले स्वतन्त्र पत्रकारिताको मर्मअनुसार काम नगरेको आरोप लगाए।

corrent noodles
Metro Mart

उनले भने, ‘काठमाडौंले सधै समाचारको प्लट तयार गर्छ, अनि समाग्री खोज्न पठाउछ। अनि तपाईहरुले सामग्री पठाउनुहुन्छ। डेक्सको रुचीअनुसार तपाईले सामग्री नपठाए, तपाईको सामग्री रद्धीको टोकरीमा थन्काईन्छ। अनि बाध्य भएर डेस्कले तयार गरेको समाचारको प्लटअनुसार सामग्री पठाउनुपर्दा जिल्लाका महत्वपूर्ण विषयले स्थान पाउदैंनन्।’

उनले अन्तर्राष्ट्रिय अनुसन्धानले नेपाल सकारात्मक दिशातर्फ गएको देखिने तर नेपालको मिडिया र सामाजिक सञ्जालले केही भएको छैन भन्ने जस्तो ढंगले प्रचार गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे। पोखरेलले भने, ‘नजादिदो हिसाबले मिडिया प्रभावित छ।’

उनले समाजको विश्लेषण गर्ने पत्रकारहरुले सत्य पहिले आफूले थाहा पाउनुपर्ने पनि बताए। उनले सबै आफैले जान्या छु भन्ने अल्पज्ञानले गर्दा पछिल्लो समय हामिले नेतृत्वलाई नालयकी नै ठानिरहेका छौँ भन्दैं नेतृत्वले गरेका राम्रो कामको पनि सम्मान गर्न सुझाए।

मुख्यमन्त्री पोखरेलले प्रदेशको नाम र राजधानीको बिषयमा मुख्यमन्त्रीको कुनै निजी बिचार छैन भन्दै प्रदेशका जनता, सांसदहरुको रायअनुसार प्रदेशको नाम र राजधानी तय हुने बताए। उनले भने, ‘जे हुन्छ साझा हुन्छ। सबैको चित्तबुझ्दो हुन्छ।’

पोखरेलले अग्नी सापकोटालाई मुद्दा लगाउन पाउँ भनिएको मात्रै हो मुद्दा लगाएको होईन भन्दै पत्रकारहरुले सूचनाको पर्याप्त जानकारी लिएर मात्रै समाचार छाप्नुपर्ने जिकिर गरे।

कार्यक्रमका नेकपा केन्द्रीय सदस्य तथा प्रेस संगठनका इन्चार्ज राजेन्द्र गौतमले सरकारले देखिने गरी धेरै काम गरेकोले त्यसको प्रचार प्रसारमा लाग्नुपर्ने बताए। प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका प्रचार विभाग उपप्रमुख सुर्य थापाले पत्रकारहरुमा सकारात्मक चिन्तनको वृद्धि हुन जरुरी रहेको बताए। उनले भने, ‘प्रेस संगठनका साथीहरुले एक ढिक्का भएर सरकारले गरेका राम्रा कामको प्रचार गर्नुपर्ने बताए।’

प्रकाशित: Jan 25, 2020| 19:27 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।