शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा निर्वाचन जारी, मुख्यमन्त्री राउतले गरे मतदान

राष्ट्रियसभा निर्वाचन जारी, मुख्यमन्त्री राउतले गरे मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ बाट सबैभन्दा पहिले मुख्यमन्त्री लालबाबु राउतले मत खसालेका छन् । राउतले मतदान गरेपछि मतदान सुरु भएको थियो ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

जनकपुरधाम– प्रदेश २ मा राष्ट्रियसभाका चार सिटको लागि मतदान सुरु भएको छ। जनकपुरस्थित महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

triton college

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ बाट सबैभन्दा पहिले मुख्यमन्त्री लालबाबु राउतले मत खसालेका छन् । राउतले मतदान गरेपछि मतदान सुरु भएको थियो ।

बिहान १० बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्ने निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । मतदान सकेलगत्तै मतगणना सुरु गरी बिहिबारै अन्तिम परिणाम घोषणा गर्ने तयारी रहेको खतिवडाले बताए ।

राष्ट्रियसभा सदस्यको लागि भइरहेको निर्वाचनमा महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रभित्र प्रदेशसभा सदस्य र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष एवं प्रमुख, उपप्रमुखका लागि छुट्टै मतदानस्थल तोकिएको छ ।

चार सिटको लागि भइरहेको निर्वाचनमा प्रदेश २ बाट आठजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा नेकपाले राजपा र कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ ।

corrent noodles
Metro Mart

नेकपाबाट राधेश्याम पासवान र तुलसा दाहाल, राजपाबाट मृगेन्द्रसिंह यादव र शेखरप्रसाद सिंहले उम्मेदवारी दिएका छन् । यसैगरी नेपाली कांग्रेसबाट भोला पंजियार र नगिनादेवी यादव तथा समाजवादी पार्टीबाट रामपृत पासवान र अनिरुद्ध सिंह चुनाव लडेका छन् ।

प्रदेश २ मा १०७ प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७१ सहित जम्मा ३७९ मतदाता छन् । जसमध्ये प्रदेशसभामा नेकपाको ३२ र स्थानीय तहबाट ८३ जना मतदाता रहेको छ ।

यसैगरी राजपालाई प्रदेशसभामा २५ र स्थानीय तहबाट ५४, समाजावदी पार्टीलाई प्रदेशसभामा ३० र स्थानीय तहमा ५३ र नेपाली कांग्रेसलाई प्रदेशसभामा १९ र प्रमुख–उपप्रमुखसहित ८१ जना मतदाता रहेको छ ।

प्रकाशित: Jan 23, 2020| 12:13 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।