शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विराटनगरमा कलेजको बस पल्टिदा एक जनाको मृत्यु, ६ विद्यार्थी घाइते

विराटनगरमा कलेजको बस पल्टिदा एक जनाको मृत्यु, ६ विद्यार्थी घाइते

विराटनगरमा कलेजका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना विद्यार्थी घाइते भएका छन् ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

मोरङ- विराटनगरमा कलेजका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना विद्यार्थी घाइते भएका छन् ।

triton college

मृत्यु हुनेमा ३२ वर्षीय गाडी धनी सानुकुमार साह रहेको प्रहरीले जनाएको छ । रंगेलीबाट विद्यार्थी बोकेर विराटनगरतर्फ आउँदै गरेको लर्ड बुद्ध हाइयर सेकेण्डरी स्कुलको मे १ ख १४९० नम्बरको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका साहको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले नोपल समयलाई जानकारी दिए ।

सितलहरसँगै लागेको बाक्लो हुस्सु लागेको समयमा विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा बस सडकबाट पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बस चालक खिलबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jan 23, 2020| 10:29 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।