शनिबार, वैशाख १५, २०८१

रोकिएन भैरहवा नाकामा तस्करी, डेढ करोडका मोबाइल बरामद

 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

भैरहवा । पछिल्लो समय प्रहरीकै संलग्नतामा चोरी तस्करी भइरहेको भैरहवा नाकामा झनै तस्करी बढ्दै गएको छ । भैरहवाको विभिन्न नाकाबाट अवैध रुपमा नेपाल भित्र्याई रुपन्देहीमा गोदाम गरेर भारतीय गाडीमा राखी काठमाडौं लैजाँदै गर्दा बुधबार करिब डेढ करोड मूल्यका मोबाइल बरामद भएको छ ।
भारतसँग सीमा जोडिएका रुपन्देहीका हरेक नाकाबाट अहिले तस्करी भइरहेको छ । नुनदेखि सुनसम्म प्रहरीकै संलग्नतामा तस्करी भइरहेको समाचार बाहिरिरहँदा समेत प्रहरी प्रशासन सजग नहुँदा करोडौंको अवैध मोबाइलसहित दुई जना पक्राउ परेका छन् । ५० बढी सुरक्षा जाँच पोष्ट क्रस गर्दै काठमाडौं पुगेका दुईजनालाई अवैध मोबाइलसहित महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले बुधबार बिहान अँधेरैमा पक्राउ गरेको हो ।

विभिन्न कम्पनीका ६३४ थान मोबाइलसहित काठमाडौं ३४ का ४० वर्षीय उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर १ का इन्द्रबहादुर कटुवाललाई नागढुंगा प्रहरीले पक्राउ गरेको हो । चन्द्रागिरी २ को चेकप्वाइन्टमा भैरहवाबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेटको डिएल २ सीएटी ७०१७ नम्बरको कारबाट डेढ करोड मूल्य बराबरका मोबाइलसहित दुईजनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

एयर ब्याग, सिट, डिकी लगायतलाई फल्स बटमको रुपमा प्रयोग गरी सामसङ, ओप्पो, आइफोन, लेनोभो, नोकिया, हुवावे, नोकिया लगायत १८ ब्राण्डका ६३४ वटा मोवाइल इनोभा ब्राण्डको खरानी रंगको कारभित्र राखेर उनीहरुले लगेका थिए । मोबाइलसँगै एलसिडी तथा टच स्क्रिन कभर पनि बरामद भएको छ ।

triton college

मोबाइलहरुको अनुमानित बजार मूल्य १ करोड ५० लाख रहेको प्रहरीले जनाएको छ । उक्त मोबाइलको बिल भर्पाई केही नभएपछि पक्राउ गरेको प्रहरीको भनाइ छ ।

नागढुंगा प्रहरीले पक्राउ परेका ती दुईजना मोबाइल कारोबारी रहेको जनाएको छ । यसअघि उनीहरुले रुपन्देहीका सीमानाकाबाट मोबाइल तस्करी गर्दै आएको स्रोत बताउँछ । बरामद भएका कतिपय मोबाइल पुराना पनि छन् । पक्राउ परेकामध्ये भट्ट दृष्टिविहीन हुन् ।

शारीरिक रुपमा अशक्तलाई प्रयोग गरी तस्करहरुले रुपन्देहीबाट मोबाइल जस्तै अन्य महँगा सामग्रीहरु पनि भारतीय बजारबाट तस्करी गर्दै आएका छन् । यस्तालाई रुपन्देही प्रहरीले साथ दिने गरेको छ ।

भैरहवा भन्सार प्रमुख कमल कुमार भट्टराईले ती सामग्री एकैपटक नेपाल भित्रिएको नभई चोरी तस्करी गर्नेहरुले मूल भन्सार नाकाभन्दा बाहिरबाट नेपाल भित्र्याई लगेको हुन सक्ने बताए ।

corrent noodles
Metro Mart

 

प्रकाशित: Jan 23, 2020| 09:56 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।