शनिबार, वैशाख १५, २०८१

दलालमार्फत् खोजेकी यौनकर्मी महिला आफ्नै श्रीमती परेपछि ...

कहिलेकाहीँ श्रीमानश्रीमतीको भेट यस्तो अवस्थामा हुन्छ, कि त्यसअघि अब के गर्ने ? त्यसका लागि कुनै बाटो रहँदैन।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

कहिलेकाहीँ श्रीमान् श्रीमतीको भेट यस्तो अवस्थामा हुन्छ कि त्यसभन्दा अगाडि अब के गर्ने भनेर कुनै बाटो रहँदैन। यस्तै एउटा घटना भारतको उत्तराखण्डस्थित काशीपुरमा भएको छ।

triton college

भारतीय समाचार अनलाइन आज तकका अनुसार त्यहाँ एक व्यक्तिले आफ्नो यौनेच्छा पूरा गर्न कलगर्ल (याैनकर्मी) बोलाएका थिए। जब उनले बोलाएकी कलगर्ल उनको अगाडि पुगिन्, तब दुवैजनाको होसहवास उड्यो। उनीहरु श्रीमान्-श्रीमती थिए।

खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत् एक दलालसँग सम्पर्क गरेर कलगर्ल पठाउन भनेका थिए। दलालले पठाएकी कलगर्ल आफ्नै श्रीमती परेपछि श्रीमान् श्रीमतीबीच ठूलै विवाद र हातपातसमेत भयो। दुवैले एकअर्काविरूद्ध प्रहरीमा उजुरी गरेका छन्।

केही वर्षपहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आइटीआई क्षेत्रमा बस्ने युवतीसँग भएको थियो। तर, बिहेपछि नै श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्न थालेकी थिइन्।

उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा थाेरै समयमात्र बस्थिन्। एक दिन ती युवतीकी साथीले उनका श्रीमानलाई उनकी श्रीमतीले कलगर्लको काम गर्ने गरेको बताइदिइन्। आफूहरुबीच झगडा परेको रिसमा उनले साथीका श्रीमानका अगाडि श्रीमतीकाे पोल खोलिदिएकी थिइन्।

corrent noodles
Metro Mart

त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला दलालसँग ह्वाट्सएपमा सम्पर्क गरेर कलगर्ल पठाउन भने। दलालले केही फोटो पठाएर युवती रोज्न भनिन्। युवकले आफ्नी श्रीमतीको फोटो रोजे।

महिला दलालको नम्बर उनलाई श्रीमतीकी साथीले नै दिएकी थिइन्। त्यसपछि जब कलगर्लको रुपमा उनकै श्रीमती उनको अगाडि आइन्, उनीहरुबीच ठूलो लडाइँ भयो।

अहिले श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग सम्बन्ध भएको आरोप लगाउँदै उजुरी गरेकी छिन् भने श्रीमानले श्रीमतीको यौनधन्दाको विषयलाई लिएर उजुरी गरेका छन्।

प्रकाशित: Jan 21, 2020| 18:02 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
बालेनका नाममा २८ केजीको खसी बाजी!

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
जसले १० करोड रङलाई चिन्न सक्छिन्

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।