शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपसभामुख तुम्बाहाङ्फेद्वारा संसद् बैठकबाट राजीनामा घोषणा (सम्बोधनको पूर्णपाठसहित)

उपसभामुख तुम्बाहाङ्फेद्वारा संसद् बैठकबाट राजीनामा घोषणा (सम्बोधनको पूर्णपाठसहित)

उपसभामुख डा.शिवमाया तुम्वाहाङफेले प्रतिनिधिसभाको बैठकबाटै राजीनामाको घोषणा गरेकी छिन्।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं–  उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाको बैठकबाटै राजीनामाको घोषणा गरेकी छिन्।

triton college

सोमबार दिउँसो १ बजे बोलाइएको बैठकको अध्यक्षता गर्दै उपसभामुख तुम्बाहाङ्फेले बैठक सञ्चालन गरेकी थिइन्।

कार्यसूचीमा रहेका अन्य विषयलाई हटाउँदै उपसभामुख तुम्बाहाङ्फेले संसदमा आफ्नो कुरा राखेकी छन्।

अप्रत्याशित र अस्वभाविक घटनाका कारण सभामुखको पद रिक्त भएको र उक्त कठिन अवस्थाको समाधान गर्न आफूले पटकपटक पहल गरेको उनले बताइन्।

‘मैले पटक पटक सम्बन्धित पक्षको ध्यान आर्कषण गराउने काम गरेँ,’ उनले भनिन्, ‘सभामुख चयनको ठोस कुरा आएपछि मैले मार्गप्रशस्त गर्ने भनेका थिएँ। आजबाट मार्ग प्रशस्त गरिदिएकी छु।’

corrent noodles
Metro Mart

उनले संसद बैठकमै राजीनामाको घोषणा गर्दै भनिन्, ‘झण्डै दुई वर्षमा मैले धेरै राम्रो अवसर पाएँ। एक त महिला, र जनजाति पृष्ठमूमिबाट आएकोले यस अवसरलाई राम्रो ठानेको छु। यसको श्रेय हाम्रो प्रणाली र राजनीतिक दललाई जान्छ।’

प्रतिनिधिसभाको अर्को बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।

उक्त बैठकको अध्यक्षता प्रतिनिधिसभाको वरिष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्। बैठकबाट सभामुख र उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ।

उपसभामुख तुम्बाहाङ्फेको सम्बोधनको पूर्ण पाठ:

 

प्रकाशित: Jan 20, 2020| 13:43 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।