शनिबार, वैशाख १५, २०८१

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

triton college

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री ४० वर्षीय भीमराज स्याङतानलाई ठक्क र दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री स्याङतानको उपचारका क्रममा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।

बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित: Jan 19, 2020| 11:19 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।