शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘क्रस भोटिङ’को आशंकापछि राष्ट्रियसभा निर्वाचनमा राजपाले जारी गर्‍यो ह्वीप

‘क्रस भोटिङ’को आशंकापछि राष्ट्रियसभा निर्वाचनमा राजपाले जारी गर्‍यो ह्वीप

राष्ट्रियसभा सदस्य निर्वाचन हुन चार दिनमात्र बाँकी छँदा राष्ट्रिय जनता पार्टी (राजपा) ले आफ्ना मतदाताहरुलाई ह्वीप जारी गरेको छ ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

जनकपुरधाम– राष्ट्रियसभा सदस्य निर्वाचन हुन चार दिनमात्र बाँकी छँदा राष्ट्रिय जनता पार्टी (राजपा) ले आफ्ना मतदाताहरुलाई ह्वीप जारी गरेको छ । शनिबार बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालयमा बसेको अध्यक्षमण्डलको बैठकले गठबन्धनका उम्मेदवारलाई अनिवार्य मत दिन आफ्ना मतदाताहरुलाई ह्वीप जारी गरेको हो ।

triton college

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा राजपाले नेकपासँग तालमेल गरेको छ । राजपाले मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपाको तर्फबाट तुलसा दाहाल र राधेश्याम पासवानले टिकट पाएकाछन् ।

‘राष्ट्रियसभा निर्वाचनमा अनिवार्य रुपले उपस्थित भई आफ्नो अमूल्य मत दिई गठबन्धनमा रहेका चारवटै उम्मेदवारलाई विजयी बनाउन पार्टी अध्यक्षमण्डलको निर्णयअनुसार राजपा नेपालका मतदाताहरुलाई अत्यावश्यक निर्देशन (ह्वीप) जारी गरिन्छ,’ अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रियसभा सदस्यको टिकट वितरण र नेकपासँग तालमेलका कारण निर्वाचनमा ‘फ्लोर क्रस’हुने सम्भावना बढेपछि राजपाले यस्तो ह्वीप जारी गरेको हो ।

प्रकाशित: Jan 19, 2020| 08:58 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।