शुक्रबार, वैशाख १४, २०८१

तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढ्ने

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी आए पनि नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखेको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी आए पनि नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखेको छ। पछिल्लो पटक इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र पेट्रोलमा केही मूल्य वृद्धि भएर आएको भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत् राखिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ बमोजिम प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो। निगमको स्वर्ण जयन्तीका अवसरमा सर्वसाधारणलाई पेट्रोलियम पदार्थमा केही सहुलियत दिने उद्देश्यले इन्धनको मूल्य समायोजन नगरिएको उनले बताए। निगमले गत पुस २६ गते स्वर्ण जयन्ती मनाएको थियो।

आइओसीले हरेक महिनाको १ र १५ तारिखका दिन निगमलाई नयाँ बिक्री मूल्यसूची पठाउँदै आएको छ। सोही मूल्यलाई आधार मानेर निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्यसूची निर्धारण गर्दै आएको छ। निगमले पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु १००, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर र आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर रु ९४.५० तथा एलपी ग्यास प्रतिसिलिन्डर रु एक हजार ३५० बिक्री मूल्य तोकेको छ।

अहिलेको बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर रु तीन, डिजेलमा रु चार, हवाई इन्धनमा रु १० नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिन्डर रु १६२ घाटा रहेको छ। कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष सुधारमा आएको छ। केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो लाग्न थालेको छ। निगमले आर्थिक वर्ष २०७५/७६ मा करिब आठ अर्ब ७५ करोड (करपछिको) मुनाफा आर्जन गरेको थियो।

प्रकाशित: Jan 18, 2020| 07:38 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।