शनिबार, वैशाख १५, २०८१

वुटवलमा जोन डियर ट्र्याक्टरको नयाँ शोरुम उद्घाटन

एमभी दुगड ग्रुपअन्र्तगतको विवेक अटोमोवाईल्स प्रालिले बुटवलमा जोन डियर ट्र्याक्टरको नयाँ शोरुम खोलेको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं- एमभी दुगड ग्रुपअन्र्तगतको विवेक अटोमोवाईल्स प्रालिले बुटवलमा जोन डियर ट्र्याक्टरको नयाँ शोरुम खोलेको छ।

triton college

नेपालमा एक सय ४० वर्षको व्यापारिक इतिहास बोकेको एमभी दुगड ग्रुपअन्र्तगतको विवेक अटोमोवाईल्स प्रालिले मंगलबार एक समारोहका बीच नयाँ शोरुमको उद्घाटन गरेको हो।

एमभी दुगड ग्रुपका मार्केटिङ्ग हेड नन्दकिशोर भट्ट र सर्भिस हेड अजीतकुमार मिश्राले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहका दिन उक्त शाखाबाट २१ थान जोन डियर ट्र्याक्टर बिक्री गरिएको छ। सो अबसरमा ग्राहकहरुलाई ३२ इन्च टि.भी उपहार स्वरुप प्रदान गरिएको कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रममा कम्पनीका रिजनल म्यानेजर लिलाराज वाग्लेले आगामी दिनमा जोन डियर ट्र्याक्टरको बिक्री नेपालमा पहिलो स्थानमा आउने बताए।

corrent noodles
Metro Mart

उनले सर्भिस, स्पेयर पार्टस, सेल्स, जुनसुकै समयमा उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गरे। वाग्लेले नेपालको कृषि क्षेत्रमा रहेको उत्पादनको सम्भावनालाई मैत्रीरुप दिन सकने बताए।

समारोहमा मार्केटिङ्ग हेड नन्दकिशोर भट्टले ट्र्याकटर तथा कृषिको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने ट्रयाकटर, जोन डियर रहेको दाबी गरे।

उक्त ट्र्याक्टरमा भ्याल्यु प्लसप्लसप्लस टेक्नोलोजी भएकाले अन्य ट्रयाक्टरको तुलनामा कम डिजल खपत गरी बढी उत्पादन दिने गर्दछ।

ट्र्याक्टरको आकर्षक रंग र डिजाइनले अन्यभन्दा फरक देखिने कम्पनीको दाबी छ। नेपालमा यसको विक्रीवितरण विवेक अटोमोवाईल्स प्रालीले गरीरहेको रहेको छ।

विवेक अटोमोवाईल्स प्रालिले नेपालका किसानहरुका लागि देश भर विभिन्न ठाउँमा २३ वटा शाखा र १८ वटा उप—शाखा खोलेर ७७ वटै जिल्लामा सेवा दिँदै आएको छ।

प्रकाशित: Jan 17, 2020| 13:45 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्