शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सघीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछ : प्रधानमन्त्री देउवा

सघीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सघीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन्।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सघीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८ का अवसरमा प्रकाशन गरिएको कर्मचारी पत्रिकाको शनिबार विमोचन गर्दै उनले सो कुरा बताएका हुन्। 

triton college

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले सरकार निजामती कर्मचारीका हकहित र सुरक्षामा संवेदनशील रहेको बताए।

मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले इमान्दारिता र निष्पक्षतापूर्वक सेवाग्राहीमैत्री भएर नागरिकलाई सेवा दिनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले सो कार्यका लागि सम्पूर्ण निजामती कर्मचारीलाई आह्वानसमेत गरे। उनले कानुनले दिएका अधिकारभित्र रहेर नियमसम्मत तरिकाले जनतालाई सेवा प्रदान गर्ने कार्यमा निजामती कर्मचारी युनियनले आफ्नो सङ्गठनात्मक शक्ति र सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरे।

सो अवसरमा प्रधानमन्त्री देउवाले निवर्तमान सचिव गोपीनाथ मैनालीलाई दोसल्ला ओढाएर प्रमाणपत्रका साथ सम्मान गरेको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिए। कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले निजामती कर्मचारीले जनतालाई दिने प्रभावकारी एवं चुस्त सेवासँग सरकारको सफलता गाँसिएको बताउँदै त्यसतर्फ इमान्दारितापूर्वक लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रह गरेका थिए। युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका पदाधिकारी, पूर्वअध्यक्षहरूको पनि सहभागिता थियो।

प्रकाशित: Sep 05, 2021| 06:48 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।