शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • देउवा भन्छन् : विवाद नगर्नुस्, सभामुख पद हामीलाई दिनुस्

देउवा भन्छन् : विवाद नगर्नुस्, सभामुख पद हामीलाई दिनुस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले संसद्लाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरे।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

triton college
corrent noodles
Metro Mart

विराटनगर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले संसद्लाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरे।

देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद रहेका कारण सभामुख चयनमा ढिलाई भइरहेको आरोप लगाए। उनले विवाद समाधान गर्न तथा संविधानअनुसार पनि सभामुख पद कांग्रेसले पाउनु पर्ने दाबी गरे। आफ्नो पार्टीलाई सभामुख दिए संसद् व्यवस्थित र मर्यादितरूपमा सञ्चालन गरिने जिकिरसमेत देउवाले गरे।

सभापति देउवाले सभामुख विवादले नेकपाभित्र गुटउपगुट रहेको जनताले प्रष्टरुपमा थाहा पाएको बताए। उनले संसद्को गतिरोध हटाउन चाँडै संसदीय दलको बैठक बोलाउने र त्यसबाट ठोस निर्णय लिने जानकारी दिए।

फरक विषयमा बोल्दै सभापति देउवाले बहुचर्चित एमसिसीलाई नेपाली कांग्रेसले पहिला नै समर्थन गरिसकेको र सरकारले पास गर्नुपर्नेमा जोड दिए।

उनले पार्टीको महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने बताउँदै पार्टीभित्र रहेका केही सामान्य समस्या समाधान गर्दै सङ्गठन बलियो बनाउने दाबी गरे।

प्रकाशित: Jan 15, 2020| 18:14 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।