शुक्रबार, वैशाख १४, २०८१

मध्य भोटेकोशी आयोजनाको आईपीओ आउँदै

मध्य भोटेकोशी जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्नका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्नका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारण लगानीकर्ताको लागि २५ प्रतिशतले हुन आउने रु. १ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर दोस्रो चरणमा निष्कासन गर्नका लागि नागरिक लगानी कोषलाई मंगलबार बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

triton college

सो नियुक्तिको लागि गरिएको सम्झौतापत्रमा कोषका प्रमुख कार्यकारी अधिकृत रमण नेपाल र कम्पनीका आयोजना प्रमुख मणिकुमार काफ्लेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाको लागि छुट्याइएको १० प्रतिशत अर्थात् ६० लाख कित्ता ६० करोड रुपैयाँ बराबरको सेयर र सम्पूर्ण सर्वसाधारणको लागि छुट्याइएको १५ प्रतिशतले हुन आउने ९० लाख कित्ता अर्थात् ९० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्दैछ ।

पहिलो चरणमा कम्पनीले प्रबन्धपत्रमा व्यवस्था भएअनुसार संस्थापक सेयरधनी संस्थालाई कुल जारी सेयरपुँजीबाट छुट्याइएको ५१ प्रतिशत सेयर आर्थिक वर्ष २०७४–०७५ सम्ममा शतप्रतिशत असुल भएको छ ।

साधारण सेयरतर्फ छुट्याइएको ४९ प्रतिशत अर्थात् दुई करोड ९४ लाख कित्तामध्ये कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताको लागि १९.५ प्रतिशत अर्थात् एक करोड १७ लाख कित्ता, संस्थापक कम्पनीका कर्मचारीको लागि ३.५ प्रतिशत (२१ लाख कित्ता) एवं ऋणदता संस्थाका कर्मचारीहरुको लागि १ प्रतिशत (६ लाख कित्ता) गरी कुल २४ प्रतिशत (एक करोड ४४ लाख कित्ता) सेयर कम्पनीले निष्कासन गरी मिति २०७५ पुस ४ मा बाँडफाँड गरिसकेको छ ।

corrent noodles
Metro Mart

सिन्धुपाल्चोकमा निर्माणाधिन मध्यभोटेकोसी जलविद्युत आयोजना १०२ मेगावाट क्षमताको रहेको छ ।

प्रकाशित: Jan 14, 2020| 16:04 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्