शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजबाट फेरि वर्षा र हिमपात हुने, प्रभाव पश्चिममा मात्रै

आजबाट फेरि वर्षा र हिमपात हुने, प्रभाव पश्चिममा मात्रै

पश्चिमी वायुको प्रभावका कारण आज (सोमबार)बाट फेरि वर्षा र हिमपात हुने भएको छ । आज बेलुकीपख पश्चिमबाट...
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण आज (सोमबार)बाट फेरि वर्षा र हिमपात हुने भएको छ ।

triton college

आज बेलुकीपख पश्चिमबाट प्रवेश गर्ने न्यून चापिय प्रणालीका कारण फेरि वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, यसको प्रभाव भने पश्चिमी क्षेत्रमा मात्रै देखिने छ ।

खासगरि सुदुरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा यसको प्रभाव बढि देखिने महाशखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार आज बेलुकाबाट यस क्षेत्रमा वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनेछ ।

यसपटकको पश्चिमी वायुको प्रभाव भने काठमाडौं उपत्यका र पूर्वी क्षेत्रमा नदेखिने उनले जानकारी दिइन् । उनले भनिन्- 'यसपटक पश्चिमी क्षेत्रमा मात्रै वर्षा र हिमपात हुने देखिएको छ । यो क्रम आज र भोली चल्ने छ भने पर्सी (बुधबार)बाट क्रमश सुधार हुनेछ ।' 

आज मध्य र पूर्वी भूभागमा सामान्यतः मौसम सफा रहने अनुमान गरिएको छ। मौसमविद् मानन्धरका अनुसार काठमाडौं उपत्यकामा सामान्य हुस्सु लागेपनि तराई भेगमा भने यतिखेर बाक्लो हुस्सु लागेको छ ।

corrent noodles
Metro Mart

यस्तो हुनेछ तीन दिनको मौसम

पौष २८ गते (सोमबार)

दिउँसो: देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

राति: देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

पौष २९ गते (मंगलबार)

दिउँसो: देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य पहाडी भू्-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

राति: देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

माघ १ गते (बुधबार)

दिउँसो : देशका पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

राति: देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित: Jan 13, 2020| 08:53 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।