शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रियसभा निर्वाचनका लागि कस्सिए निधि र यादव

राष्ट्रियसभामा रिक्त हुने पदका लागि आगामी ९ माघमा निर्वाचन हुँदैछ। प्रदेश २ बाट चारजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुनेछ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

जनकपुरधाम- राष्ट्रियसभामा रिक्त हुने पदका लागि आगामी ९ माघमा निर्वाचन हुँदैछ। प्रदेश २ बाट चारजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुनेछ।

triton college

चुनावमा सत्तासीन नेकपाले राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्रेसले केही दिनअघि मात्र सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग गठबन्धन गरेको छ।

सातै प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन भइरहे पनि प्रदेश २ मा सबैको ध्यान गएको छ। दुई वर्षअघि राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम) सँग सहकार्य गरेर चुनाव लडेको राजपा नेकपातर्फ ढल्केपछि प्रदेश २ मा राष्ट्रियसभा निर्वाचन थप चासोको विषय बनेको हो।

प्रदेश २ मा समाजवादी र राजपा गठबन्धनको सरकार छ। तर राष्ट्रियसभा निर्वाचनमा दुबै दल आमनेसामने छन्। राष्ट्रियसभा सदस्य निर्वाचन नजिदिकैं जाँदा दलका शीर्ष नेताहरु आ–आफ्नो गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन होमिएका छन्।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि दुई दिनदेखि जनकपुरमा छन्। शनिबार जनकपुर पुगेका उपसभापति निधिले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुसँग भेटघाट र छलफललाई तिव्रता दिएका छन्। शनिबार जनकपुरमा मतदाताहरुसँग भेटघाट र छलफल गरेका उनी आइतबार महोत्तरीको बर्दिवासमा भेटघाटमा जुटेका छन्।

corrent noodles
Metro Mart

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत उपस्थित बर्दिवास भेलामा मुख्यमन्त्री लालबाबु राउतका साथै दुबै दलका प्रदेशसभा सदस्य तथा स्थानीय तहमा दुबै पार्टीबाट प्रतिनिधित्व गर्ने अध्यक्ष/उपाध्यक्ष, मेयर/उपमेयर सहभागी भएका छन्।

भेलामा बोल्दै उपसभापति निधिले वर्तमान कम्युनिस्ट सरकार प्रदेशलाई अधिकारविहीन बनाएर संघीयतालाई धरापमा पार्नतर्फ उद्यत रहेकोले पनि संघीयता पक्षधर गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन अपिल गरे।

संख्याको हिसाबले चारवटा सीट थोरै देखिए पनि संघीयता र लोकतन्त्रको लागि महत्वपूर्ण रहेकोले एकजुट भएर मतदान गर्न मतदाताहरुलाई उनले आग्रह गरेका छन्।

यसैगरी समाजवादी पार्टीका अध्यक्ष यादवले केपी ओली नेतृत्वको सरकार संविधान संशोधनतर्फ थोरैपनि गम्भीर नदेखिएको आरोप लगाए।
संविधान संशोधन र संघीयता जोगाउनपनि कांग्रेस–समाजवादी गठबन्धनको उम्मेदवारको पक्षमा मतदाताहरुले मतदान गर्ने उनले विश्वास व्यक्त गरेका छन्।

यसअघि शनिबार जनकपुरमा उपसभापति निधिले पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष/मेयर/उपमेयरहरुसँग छलफल गरेका छन्।

छलफलमा दुबै दलका उम्मेदवारसहित प्रदेश २ बाट कांग्रेसका केन्द्रीय सदस्यलगायतका नेताहरुको समेत सहभागिता थियो।

गणितीय हिसाबले प्रदेश २ मा नेकपा–राजपा गठबन्धन मजबुत स्थितिमा देखिएपनि कांग्रेस र समाजवादी पार्टीले आफ्नो गठबन्धनको उम्मेदवार राष्ट्रियसभा निर्वाचनमा निर्वाचित हुने दाबी गरेका छन्।

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसबाट भोला पञ्जियार र नगिनादेवी यादव र समाजवादी पार्टीबाट रामपृत पासवान र अनिरुद्ध सिंहले टिकट पाएका छन्।

यसैगरी राजपाबाट मृगेन्द्रसिंह यादव र शेखर सिंह चुनावी मैदानमा छन्। दुबैजना सप्तरीवासी हुन्। मृगेन्द्र संयोजक महतो र शेखर अध्यक्षमण्डल सदस्य भण्डारी निकट मानिन्छन्।

राष्ट्रियसभा सदस्यका लागि टिकट पाएका मृगेन्द्र पञ्चायती शासनमा तीनपटक क्षेत्रीय प्रशासक बनिसकेका छन् भने उनी समाजवादी पार्टीबाट टिकट पाएका अनिरुद्ध सिंहका आफ्नै दाइ पनि हुन्। यता नेकपाबाट राधेश्याम श्रेष्ठ र तुलसा दाहाल चुनावी मैदानमा छन्।

नेकपासँग गठबन्धन भएपछि राजपाभित्र असन्तुष्टि बढेको पार्टी स्रोतको दाबी छ। यद्यपि शीर्ष नेताहरु पार्टीभित्र देखिएको असन्तुष्टि साम्यपार्ने प्रयासमा रहेको राजपाका एक नेताले बताए।

प्रकाशित: Jan 12, 2020| 18:33 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।