शनिबार, वैशाख १५, २०८१

दिलिप हत्याको निष्पक्ष छानबिन गरः मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले धनुषामा ओमप्रकाश महतोलाई टिपरले टाउकामा कुल्चाएर हत्या गरेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले धनुषामा ओमप्रकाश महतोलाई टिपरले टाउकामा कुल्चाएर हत्या गरेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ। धनुषाकोे मिथिला नगरपालिका–५ का वातावरण संरक्षण अभियानकर्मी दिलिप भनिने ओमप्रकाश महतोको यही पुस २५ गते औरहीखोलामा टिपरले टाउकामा कुल्चाएर हत्या गर्ने दोषीमाथि छानबिन गरी कारवाही गर्न माग गरिएको हो ।
“निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न र पीडितलाई क्षतिपूर्तिका लागि आयोग सरकारको ध्यानाकर्षण गराउँदछ,” विज्ञप्तिमा भनिएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त घटना दुःखद् भएकाले त्यसको कानूनी प्रक्रियाबारे नजीकबाट अनुगमन गरिरहेको बताएका छन् । घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगको प्रदेश नं २ कार्यालयको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

घटनाबाट वातावरण संरक्षणमा लागिरहेका व्यक्तिको जीवनको अधिकार तथा नेपालले हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र, १९६६ को उल्लङ्घन भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसै सन्दर्भमा वातावरण संरक्षण अभियानकर्मीको टोलीले आयोगमा आज ज्ञापनपत्र बुझाएको थियो । घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गर्दै उनीहरुले आयोगका अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।

रासस

प्रकाशित: Jan 12, 2020| 18:07 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।