बिहीबार, वैशाख २७, २०८१

एमालेसँग एक्लै लड्‍ने पार्टीको जमानत जफत हुन्छ : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दाबी गरेका छन्।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दाबी गरेका छन्।

triton college

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको उल्लेख गर्दै जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारुढ गठबन्धन दललाई चुनौती दिए। 

उनले उच्च मनोबलका साथ एकतावद्ध भएर आगामी निर्वाचनमा विजयी हुने गरी निर्वाचनको तयारीमा जुटन पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे। उनले भने, ‘उहाँहरुले मोर्चा कसेर एमालेसँग चुनाव लडछौं भन्नुभएको छ। राम्रो आइडिया ! एक्लाएक्लै चुनावमा आए हरेकको जमानत जफत हुन्छ । एमालेसँग चुनाव लड्न एक्लाएक्लै आउने आँट नगर्नू। एक्लाएक्लै चुनावमा लड्न आयो भने जमानत जफत हुन्छ, आँट नगर्नू। मिलेर आउनू, जमानत समेत जोगिन्छ।’

एमाले फुटाएर नयाँ पार्टी खोलेका माधवकुमार नेपालप्रति पनि खनिए ओली। भने, ‘माधव नेपालजस्तो लाजसरम पचेको मान्छे मैले कहीँ पनि देखेको छैन ।’ माधव नेपाललाई आफ्नो घरको बिरालोको संज्ञा दिँदै उनले अहिले शेरबहादुर देउवाको भान्सामा दूधभात खान म्याउँ गरेर पुगेको व्यंग्य कसे।

माधव नेपालले पतनको बाटो रोजेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले हाम्रा घरका विरालाहरु शेरबहादुर देउवाको भान्सामा देखिन्छन्। दूध र भात खान पाइन्छ भनेर म्याउँ गरेर पुगेका छन् ढुक्कले। अस्तिसम्म जुन खाटमा बसिराखेका थिए, त्यहीँ खाटामा बञ्चराले अहिले पनि हानिराख्या छन्। जुन मन्दिरमा पूजा गरिरहेका थिए, त्यो मन्दिरमा थुकेको थुक्यै छन् अहिले।’

corrent noodles
Metro Mart

एमसीसी सम्झौताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ओलीले माग गरे। कांग्रेस र माओवादी केन्द्र मिलेर एमसीसी सम्झौता गरेको उल्लेख गर्दै ओलीले अहिले चुपचाप बसिरहेकोमा आपत्ति जनाए। एमसीसी झुक्याएर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई उनले सचेत गराए। अध्यक्ष ओलीले एमसीसीबारे के गर्ने हो भनेर सरकार र सत्तारुढ गठबन्धनलाई पटक–पटक प्रश्न गरे।


प्रकाशित: Sep 04, 2021| 18:30 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...