शुक्रबार, वैशाख १४, २०८१

सनराइजको रिकरिङ खाता सञ्चालनमा

 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

triton college
corrent noodles
Metro Mart

सर्वसाधारणलाई विभिन्न सेवा र सुविधा दिँदै आएको सनराइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सनराइज रिकरिङ्ग खाता संचालनमा ल्याएको छ । उक्त खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने व्याज मुद्घति खाता सरह पाइनेछ ।

आवश्यकताअनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान सकिनेछ । खाता खोल्दा न्यूनतम बचत रु. १००० र त्यस पछि एक पटकमा न्यूनतम रु. ५०० वा ५०० को गुणाका दरले जम्मा गर्दै जान सकिनेछ । उक्त खातामा पूर्व निर्धारित भन्दा बढी रकम ग्राहकको अनुकुलताअनुुसार पटक पटक गरी जम्मा गर्न सकिनेछ ।

यस खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने व्याज व्यक्तिगत मुद्घति खाता सरहको उच्च व्याज पाउनु हो । साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था छ ।

प्रकाशित: Jan 12, 2020| 15:11 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्