शुक्रबार, वैशाख १४, २०८१

कनौडियाले बुझाए उखु किसानको १२ करोड

महालक्ष्मी उखु मिलका सञ्चालक विरेन्द्र कनौडियाले उखु किसानको १२ करोड रुपैयाँ भुक्तानी गरेका छन्।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं- महालक्ष्मी उखु मिलका सञ्चालक विरेन्द्र कनौडियाले उखु किसानको १२ करोड रुपैयाँ भुक्तानी गरेका छन्।

triton college

कनौडियाले उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेका हुन्।

नेपाली कांग्रेसका प्रदेश ५ संसदीय दलका उपनेतासमेत रहेका चिनी मिल सञ्चालक कनौडियाले उखु किसानको १२ करोड रुपैयाँ बैक खातामा जम्मा गरेको प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन्।

‘उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उद्योगी एवं कांग्रेस सांसद विरेन्द्र कनौडियाले सो को जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको छ,’ प्रवक्ता शर्माले ट्विटमार्फत भनेका छन्, ‘अब चुक्ता गर्न ६ करोड बाँकी रहेको बताउंदै यथाशीध्र चुक्ता गर्ने प्रतिबद्धता पनि पार्टीसँग व्यक्त गर्नुभएको छ।’

यसअघि कांग्रेसले नेता कनौडियालाई सार्वजनिक सूचना जारी गरेर पुस २५ गतेभित्र उखु किसानको वक्यौता रकम भुक्तानी गर्न उर्दी जारी गरेको थियो।

corrent noodles
Metro Mart

प्रवक्ता शर्माले पुस १८ गते ट्विट गर्दै उनलाई रकम भुक्तानी गरिएको बारे केन्द्रीय कार्यालयलाई जानकारी गराउनसमेत निर्देशन दिएका थिए।

प्रतिपक्षी कांग्रेसले अन्य चिनी मिल सञ्चालकहरुबाट किसानको वक्यौता रकम भुक्तानी गराउन सरकारसँग आग्रह गर्दै आएको छ।

प्रकाशित: Jan 10, 2020| 16:11 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।