शुक्रबार, वैशाख १४, २०८१

सुनको मूल्य ताेलामा ९ सय घट्यो

पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला रु. ९०० ले घटेको छ । बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला रु. एक हजारले सुनको मूल्य घटेको थियो ।
आज छापावाला सुनको मूल्य प्रतितोला रु. ७४ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु. ७४ हजार ३०० पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु. ७५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु. ७५ हजार २०० पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । बिहीबारको तुलनामा रु. १५ ले घटेर चाँदीको मूल्य प्रतितोला रु. ८८५ पुगेको छ ।

नेपालको इतिहासमा बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घले बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु. ७६ हजार ५०० र तेजावी सुनको मूल्य प्रतितोला रु. ७६ हजार २०० निर्धारण गरेको थियो ।

सामान्य उतारचढावका बीच कारोवार भइरहेको सुनको मूल्य अमेरिका र इरानका बीचमा तनाव देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो । अहिले अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ । आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५४९.९५ र चाँदीको मूल्य प्रतिऔँस १७.९२ अमेरिकी डलरमा झरेको छ ।

प्रकाशित: Jan 10, 2020| 12:51 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्