शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ट्रंक र डेडिकेटेड लाइन समस्या समाधानका लागि अध्ययन समिति गठन

ट्रंक र डेडिकेटेड लाइन समस्या समाधानका लागि अध्ययन समिति गठन

सरकारले उर्जा सचिवको संयोजकत्वमा ट्रंक तथा डेडिकेटेड लाइनको समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं– सरकारले उर्जा सचिवको संयोजकत्वमा ट्रंक तथा डेडिकेटेड लाइनको समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ। उर्जा सचिवको दिनेश घिमिरेको संयोजकत्वमा अध्ययन समितिको सदस्यमा उद्योग मन्त्रालयकी सचिव यमकुमारी खतिवडा र अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रहेका छन् ।

triton college

समितिको सदस्य सचिवमा उर्जा मन्त्रालयका सहसचिव रहेका छन् । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले सो अध्ययन समिति गठनको निर्णय गरेको हो।

पछिल्लो समयमा उद्योगी र प्राधिकरणविच ट्रंक तथा डेडिकेटेड लाइनको समस्या आइरहेको छ । सो समस्या अदालत पनि पुगेको थियो । तर सो विवाद समाधान नभएपनि उद्योगीहरु उद्योग मन्त्रालय पुगेका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा सो समिति गठन भएको हो । प्राधिकरणले पहिले उद्योगीहरुलाई छुट दिएको र अहिले करोडौको रुपैयाँका विल पठाएको भन्दै उद्योगिहरुले अदालत गएका थिए । तर अदालतले प्राधिकरणबाटै समस्या समाधान गर्न सकिने व्यवस्था भएको र सिधै अदालत आउन नहुने भन्दै पुनः प्राधिकरणबाट नै समस्या समाधान गर्न भनेको थियो ।

प्रकाशित: Jan 09, 2020| 17:56 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्