शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पश्चिम एसिया क्षेत्रका नेपाली श्रमिकको सुरक्षामा सरकारको चासो

पश्चिम एसिया क्षेत्रका नेपाली श्रमिकको सुरक्षामा सरकारको चासो

सरकारले पश्चिम एसिया क्षेत्रमा जारी द्वन्द्वका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं- सरकारले पश्चिम एसिया क्षेत्रमा जारी द्वन्द्वका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

triton college

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा विकति पछिल्ला घटनाक्रमका विषयमा नेपाल चिन्तित रहेको जनाएको छ।

विज्ञप्तिमा उक्त क्षेत्र नेपाली श्रमिकहरुलाई रोजगारी प्रदान गर्ने क्षेत्र रहेको र त्यहाँ ठूलो संख्यामा नेपाली कामदार रहेकाले उनीहरुको सुरक्षा नेपालको मुख्य चासोको विषय रहेको उल्लेख गरिएको छ।

नेपालले उक्त क्षेत्रमा शान्तिलगायतका काम गरिरहेका निकायहरुलाई नेपाली श्रमिकको सुरक्षाका लागि गम्भीर बन्न आग्रहसमेत गरेको छ।

साथै विज्ञप्तिमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरिएको छ। नेपाल शान्तिपूर्ण रुपमा सबै समस्याहरुको हल गर्नुपर्ने कुरामा विश्वास राख्ने भएकाले त्यस क्षेत्रमा पनि समस्याहरुको शान्तिपूर्ण समाधाने होस् भन्ने चाहेको विज्ञप्तिमा जनाइएको छ।

corrent noodles
Metro Mart

पछिल्लो समय अमेरिका र इरानबीचको द्वन्द्वका कारण इराकलगायत पश्चिम एसियामा रहेका नेपाली कामदारहरुको सुरक्षाको चासो नेपालमा बढिरहेको छ।

इराकमा हाल करिब १५ हजार नेपाली कामदार रहेको अनुमान गरिएको छ। नेपालले इराकका लागि श्रम स्वीकृति नदिने भए पनि त्यहाँ विभिन्न माध्यमबाट ठूलो संख्यामा कामदार पुगेको आंकलन गरिएको छ।

प्रकाशित: Jan 09, 2020| 15:27 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।