शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • छाउगोठ भत्‍काउने अभियन्‍ताको अनुभव– कुसंस्‍कारको पत्‍थर फुटाउन सजिलो रहेनछ

छाउगोठ भत्‍काउने अभियन्‍ताको अनुभव– कुसंस्‍कारको पत्‍थर फुटाउन सजिलो रहेनछ

जाजरकोटको जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

जाजरकोटको जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन सुमित्राले आमाबाट सिकेकी थिइन् ।

triton college

पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्ने गरेको छ । अहिले सुमित्रा जस्तै गाउँका अधिकांश महिला छाउगोठ भत्काएर विगतको कुसंस्कारलाई सधैँका लागि अन्त्य गर्ने योजनामा छन् । गाउँमा पढे, लेखेका युवाहरु यो अभियानमा लागे पनि अघिल्लो पुस्ता भने छाउगाठ भत्काउने अभियानमा सक्रियताका साथ सहभागी भएको देखिएको छैन । अघिल्लो पुस्ता अझै देवता रिसाउने र अनिष्ट हुने भन्दै कुसंस्कारको जगेर्नातर्फ उन्मुख भएको झीनो स्वरहरु मसिनो रुपमा उठाउँदै आएका छन् ।

शिक्षित परिवारकै घरमा छाउगोठ भत्काए पनि घरभित्र चुलो रहेको र देवता ध्वजापताका भएको ठाउँमा भने महिनावारी हुँदा जान नपाउने बाध्यता अझै कायम रहेको छ । ‘विद्यालयमा पढाउने शिक्षकले विद्यालयमा कुप्रथा भन्दै कक्षाकोठामा पढाउँछन् तर घरमा जाँदा छोरी, बुहारी र श्रीमतीलाई महिनावारी हुँदा सात दिनसम्म मूल कोठाको प्रवेशमा रोक लगाउँछन्, अनि कसरी हुन्छ परिवर्तन ?’ जुनिचाँदे गाउँपालिका–७ का रामबहादुर खड्काले भने ।

जिल्ला प्रशासन कार्यालयले छाउ बस्ने र बस्न बाध्य पार्नेलाई सरकारी सेवासुविधा रोक्ने भन्दै सदरमुकाममा प्रचार गरे पनि त्यो सूचना गाउँगाउँमा पुग्न सकेको छैन । छाउगोठ भत्काउन शुरु गरेपनि मानिसभित्र रहेको कुसंस्कारभित्र रुमलिएका चेतना परिवर्तन नभएसम्म महिनावारी हुँदा भान्सा बस्न नपाउने, दूध, दही, मही, घ्यू खान नपाउने अवस्था ज्यूँका त्यूँ रहेको छ । अहिले पनि छाउगोठ भत्किए तर आमनागरिकका चेतना परिवर्तनका लागि भत्किएका छैनन् । जसकारण महिलाहरु दुःख पाइरहेका छन् । जिल्लाका अन्य ठाउँमा छाउगोठ नभए पनि महिनावारी हुँदा आगो बाल्ने चुलोसम्म जान नपाउने अवस्था विद्यमान छ ।

देवता रिसाउने भन्दै मूल चुलो भएको कोठा र देवताका ध्वजा, पताका भएको ठाउँमा महिनावारी भएको समयमा जान नपाउने अवस्था निरन्तर चलिरहेको डोल्पा मुड्केचुला गाउँपालिका–८ का विष्णु सिंहले जानकारी दिइन्। उनले भनिन्, ‘सदरमुकाममा हल्ला गर्दैमा ग्रामीण क्षेत्रमा सबै परिवर्तन हुँदैन, हाम्रो ठाउँमा कसले सचेतनाका कार्यक्रम गर्छ र सबैले थाहा पाउन् ।’

corrent noodles
Metro Mart

उनीजस्तै अधिकांश गाउँका महिलाहरु पुरुषका कारण हेपिएका छन् । उनीहरु सामाजिक कुसंकारका रुपमा रहेको परम्परालाई तोड्न खोज्दा अलछिना भनेर पगरी गुथाएर अपहेलना हुँदै आएको पञ्च भयार मावि नलगाड नगरपालिका–८ का शिक्षिका नन्दा शाहीले बताइन् । उनले भनिन्, ‘परम्पराका नाममा ठूलो ज्यादती रहेको छ, गोठ भत्काएको खबर त सुनियो तर मनमा विगतदेखि पत्थर भएर बसेको परम्परालाई मनबाट हटाउन जरुरी छ ।’

राज्यको मात्र दायित्व नभई सबै सचेत नागरिकले समाजमा भएका गलत मान्यतालाई हटाउनका लागि सङ्गठित भएर लाग्नुपर्ने नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । उनका अनुसार जनयुद्धमा समेत यस्ता खालका विकृति हटाउने सबै खालका कारवाही गरिएको थियो, सो समयमा छाउगोठ बस्ने, छुवाछूत व्यवहारहरु हटाउनका लागि जनकारवाहीसम्म गर्ने गरी यसको न्यूनीकरण गरिएको थियो ।
जाजरकोट, डोल्पाका अधिकांश गाउँमा अहिले पनि सञ्चारमाध्यमको पहुँच नहुँदा त्यहाँ सचेतनाका कार्यक्रमले छुन सकेको छैन ।

– हेमन्त केसी (जाजरकोट)

प्रकाशित: Jan 07, 2020| 07:45 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।