शनिबार, वैशाख १५, २०८१

सुनको मूल्य बढेको बढ्यै, आज अहिलेसम्मकै उच्च

लगातार बढिरहेको सुनको मूल्यले नयाँ रेकर्ड राख्दै गएकको छ। आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको हो।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं- लगातार बढिरहेको सुनको मूल्यले नयाँ रेकर्ड राख्दै गएकको छ। आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको हो।

triton college

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय पुगेको थियो भने सोमबार पुनः ५ सय बढेर ७६ हजार पुगेको हो।

यो मूल्य नेपालको इतिहासकै सबैभन्दा धेरै हो।

त्यस्तै सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय पुगेको छ।

सुनको मूल्य घट्ने कुनै संकेत नरहेको व्यवसायीहरुले बताएका छन्। उनीहरुका अनुसार मंगलबार पनि सुनको मूल्य पुनः बढ्ने सम्भावना छ।

corrent noodles
Metro Mart

भारतीय रुपैयाँ कमजोर र डलर बलियो हुँदै जाँदा यसको असर सुनमा परेको व्यवसायीहरुको ठहर छ।

प्रकाशित: Jan 06, 2020| 10:20 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्