शनिबार, वैशाख १५, २०८१

बेलायतमा भ्रमण वर्षको शुरुआत

बेलायतस्थित नेपाली दूतावासले नेपाल भ्रमण वर्ष शुरुआत गरेको छ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

बेलायतस्थित नेपाली दूतावासले नेपाल भ्रमण वर्ष शुरुआत गरेको छ।

triton college

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजित एक विशेष समारोहमा अभियानको औपचारिक शुरुआत गरेका हुन्।

उनले बेलायतमा डेढ लाख नेपाली रहेका र प्रत्येकले एक विदेशी पर्यटन लैजान कोशिश गरे मात्रै पनि डेढ लाख पर्यटक नेपाल जाने बताए।

राजदूत सुवेदीले बेलायतमा बस्ने सबै नेपालीलाई सन् २०२० मा सपरिवार नेपालको भ्रमण गर्न र आफ्ना ब्रिटिशस्थित साथीलाई भ्रमण गर्न प्रेरित गर्न आग्रह गरे।

उनले बेलायतमा रहेका सबै नेपाली रेस्टुरेन्टलाई ‘भिजिट नेपाल इयर २०२०’ को प्रचारप्रसार गर्न र दूतावासले ‘भिटिज नेपाल’ का पर्चासमेत रेष्टुरेन्टलाई उपलब्ध गराउने बताए।

corrent noodles
Metro Mart

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गत वर्ष नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा लन्डनका ५० बसमा नेपाल भ्रमण वर्षको विज्ञापन गरिएको जानकारी दिए। उनले बेल्फास्ट, म्यानचेस्टर लगायतका सहरमा पनि भ्रमण वर्षसम्बन्धी कार्यक्रम आयोजना गरिएको बताए।

गत वर्ष जनवरी १९ मा राजदूत सुवेदीको अध्यक्षतामा नेपाल भ्रमण वर्ष उच्चस्तरीय मूल समितिसमेत गठन भइसकेको उनले जानकार दिए। उनले सन् २०२० मा बेलायतबाट कम्तिमा एक लाख पर्यटक पठाउने गरी कार्ययोजना बनाइएको जानकारी गराए।

एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले बेलायतस्थित सबै सङ्घसंस्थालाई भ्रमण वर्ष सफल पार्न आह्वान गरिन्।

सो अवसरमा भ्रमण वर्ष सफल पार्न दूतावासबाट गठन गरिएका २२ विभिन्न समितिका पदाधिकारीले आआफ्ना समितिका कार्यक्रम र योजनाबारे प्रस्तुती गरेका थिए।

समारोहमा बेलायतको मिडल्याण्डलगायत विभिन्न सहरबाट आएका नेपाली समुदायका अगुवाको उल्लेख्य उपस्थिति थियो। रासस

प्रकाशित: Jan 05, 2020| 14:05 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।