शुक्रबार, वैशाख १४, २०८१

नेकपाको केन्द्रीय समिति बैठक सर्‍यो

सत्तारुढ दल नेकपाले केन्द्रीय समिति बैठक स्थगित गरेको छ। सचिवालयको आज बिहान बालुवाटारमा बसेको बैठकले पुस २३ का लागि डाकिएको केन्द्रीय समिति बैठ माघ १५ गतेका लागि सार्ने निर्णय गरेको हो।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाले केन्द्रीय समिति बैठक स्थगित गरेको छ। सचिवालयको आज बिहान बालुवाटारमा बसेको बैठकले पुस २३ का लागि डाकिएको केन्द्रीय समिति बैठ माघ १५ गतेका लागि सार्ने निर्णय गरेको हो।

triton college

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारीमा नेताहरु व्यस्त रहनुपर्ने भएकाले बैठक सारिएको नेकपाले जनाएकाे छ।

२०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकतापछि जारी पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक ५ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढ वर्षपछि नेकपाको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक डाकेको थियो।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहनेछ। विधानको प्रस्तावनामा परिवर्तनलगायत सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने विषय स्थायी कमिटीले अनुमोदन गरेको थियो।

प्रकाशित: Jan 05, 2020| 05:09 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।