काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यसमिति अध्यक्षमा कृष्णप्रसाद गैरे निर्विरोध निर्वाचित भएका छन्।
राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) केन्याको १८ जुलाईमा नैरोबीमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले संघको नयाँ कार्यसमितिको अध्यक्षमा गैरेलाई निर्विरोध निर्वाचित गरेको हो।
महाधिवेशनले उपाध्यक्षमा शिवलाल अधिकारी, महिला उपाध्यक्षमा लक्ष्मी बुलन, महासचिवमा यज्ञमणि रेग्मी (भरत), सचिवमा सुरेश मोर, कोषाध्यक्षमा रवि जैन, महिला संयोजकमा मिरा गिरी, युवा संयोजकमा कमल अधिकारी र सदस्यहरुमा बिष्णु भुसाल, गणेश कामी, प्रभाकर भण्डारी, राजन अधिकारी, राजेश पाठक, रेवत श्रेष्ठ, लक्ष्मण गैरे निर्विरोध चयन गरेको छ। त्यसैगरी संघको आईसीसी सदस्यमा टिका धिताल चयन भएका छन्।