शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतीयलाई नागरिकता दिन साक्षी बस्ने मेयरसहित २१ जनालाई जरिवाना

भारतीयलाई नागरिकता दिन साक्षी बस्ने मेयरसहित २१ जनालाई जरिवाना

जिल्ला अदालत रौतहटले भारतीय नागरिकलाई जन्मसिद्धको आधारमा नेपाली नागरिकता दिलाउन सहयोग गरेको अभियोगमा कटहरिया नगरपालिकाहका मेयरसहित २१ जनालाई जरिवानाको फैसला सुनाएको छ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं - जिल्ला अदालत रौतहटले भारतीय नागरिकलाई जन्मसिद्धको आधारमा नेपाली नागरिकता दिलाउन सहयोग गरेको अभियोगमा कटहरिया नगरपालिकाहका मेयरसहित २१ जनालाई जरिवानाको फैसला सुनाएको छ।

मेयर सियारामप्रसाद कुशवाहसहित भारतीयलाई नेपाली नागरिकता दिलाउन सहयोग गर्ने २१ जनाविरुद्ध अदालतले जनही २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश उमानाथ गौतमको इजलासले भारतको विहार राज्य पूर्वी चम्पारण जिल्ला घर भई रौतहट हथियाही बस्ने हाफिज देवान र ओली महमद देवान फकीरलाई झुटो विवरणको आधारमा नागरिकता दिलाएको अभियोगमा जरिवानाको फैसला सुनाएको अदालतले जानकारी दिएको छ।

अदालतले झुटो विवरणको आधारमा नागरिकता लिने दुबैको नागरिकता बदर गरी जनही ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।

भारतीयलाई नागरिकता दिन सहयोग गरेको भनी सन्त बहादुर श्रेष्ठले उनीहरुविरुद्ध २०७२ साल भदौ २९ गते मुद्दा दायर गरेका थिए।

प्रकाशित: Jan 03, 2020| 12:15 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।