शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नयाँ वर्ष २०२० सुरु, यसरी गरियो विश्वभरबाट स्वागत (फाेटाे फिचर)

नयाँ वर्ष २०२० सुरु, यसरी गरियो विश्वभरबाट स्वागत (फाेटाे फिचर)

अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु भएको छ । नयाँ वर्षलाई विश्वभरका मानिसले
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

काठमाडौं- अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु भएको छ ।

triton college

नयाँ वर्षलाई विश्वभरका मानिसले भब्यताका साथ स्वागत गरेका छन् । कयौं ठाउँमा भव्य अतिशवाजीसहित यसको स्वागत गरिरहेका छन् ।

नेपालमा पनि विभिन्न स्थानमा विशेष कार्यक्रम गरेर युवा जमातले अंग्रेजी नयाँ वर्षलाई स्वागत गरेका छन् ।

विशेषगरी सामाजिक सञ्जालहरु नयाँ वर्ष २०१६ का शुभकामनाले भरिएका छन् । नयाँ वर्षकै अवसरमा विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

पर्यटकीय स्थलहरुमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम भएका थिए।

corrent noodles
Metro Mart

नयाँ वर्षको पूर्वसन्ध्यामा गएराति प्रमुख पर्यटकीय केन्द्र ठमेल, दरबारमार्ग लगायतका राजधानीका विभिन्न स्थानमा सांगीतिक कार्यक्रम भएको थियो ।नयाँ वर्ष मनाउने सर्वसाधारणको उत्साहपूर्ण भिड देखिएको थियो ।

आज सन् २०२० को पहिलो दिनमा काठमाडौंको दरबारमार्ग, ठमेलसँगै भक्तपुरको नगरकोट, पोखरा, चितवनको सौरहालगायतका स्थानमा विशेष कार्यक्रम भइरहेका छन् ।

ईसापुर्व २००० बर्ष पहिले इराकको मेसोपोटा मियाबाट नयाँ बर्ष मनाउने प्रचलन शुरु भएको हो । रोमन भाषाको जेनस शब्दबाट नयाँ बर्षको पहिलो महिना जनवरीको नामाकरण भएको मानिन्छ ।

 

अस्ट्रेलियाको सिड्नीस्थित आइकोनिक हार्बर ब्रिज र ओपेरा हाउसमाथि नयाँ वर्षको अवसरमा आतिशबाजी गरिँदै 
हङकङको सिम शा त्सुई जिल्लाका प्रजातन्त्र समर्थकहरूले झण्डा फहराए र नारा लगाउँदै नयाँ वर्षको स्वागत गरिरहेको दृष्य 
सिड्नीस्थित हार्बर ब्रिज र सिडनी ओपेरा हाउसमा आधारात सम्म प्रदर्शन गरिरहेका सर्वसाधारण र आतिशबाजीको दृष्य
मध्यरातमा सिड्नीस्थित हार्बर ब्रिज र सिड्नी ओपेरा हाउसमाथि भव्य आतिशबाजीको दृष्य
बैंककको एक सपिङ मलबाहिर नयाँ वर्षलाई स्वागत गर्नेहरुको भीड  
फिलिपिन्सको मनिलास्थित एउटा मलमा नयाँ वर्षमा रमाइरहेका सर्वसाधारणहरु 

तस्बिर– विभिन्न एजेन्सी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट

प्रकाशित: Jan 01, 2020| 01:37 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।