शुक्रबार, वैशाख १४, २०८१

सिद्धबाबाको रिहाइ आदेशविरुद्ध आन्दोलनकाे चेतावनी

बलात्कार आरोपमा गत मंसिर १ ६गते पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि महिला अधिकारकर्मी असन्तुष्ट बनेका छन्।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

सुनसरी– बलात्कार आरोपमा गत मंसिर १ ६गते पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि महिला अधिकारकर्मी असन्तुष्ट बनेका छन्।

triton college

सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको यस्तो आदेशले बलात्कार आरोपित सिद्धबाबालाई हौसला मिल्ने अधिकारकर्मीको भनाइ छ।

इटहरीको महिला आधारशिलाकी अभियानकर्मी सुशीला उप्रेतीले बलात्कार आरोपितलाई थुनामा लिएर अनुसन्धान हुनुपर्नेमा धरौटीमा छाड्दा अनुसन्धान प्रभावित हुन सक्ने बताइन्।

सिद्धबाबाविरुद्ध आन्दोलनको अगुवाइ गर्दै आएकी उप्रेतीले फैसलाले निराश बनाएको प्रतिक्रिया दिइन्।

‘हामी सम्मानित अदालतलाई सम्मान गर्छौं’, उनी भन्छिन्, ‘तर, सभामुखलाई समेत बलात्कार आरोपमा अनुसन्धान हुँदै गर्दा सिद्धबाबालाई चैँ किन छाडियो ?’

corrent noodles
Metro Mart

एक २९ वर्षीया अनुुयायी महिलालाई करणी गरेको आरोपमा सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।

आइतबारदेखि दुई दिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला अदालत सुनसरीले उनलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

कृष्णदासलाई कडा कारबाही हुनुपर्ने माग गर्दै आएका महिलाले भने उच्च अदालत जाने चेतावनी दिएका छन्। अदालतको फैसला चित्त नबुुझेको भन्दै प्रदर्शनमा रहेका महिलाले असन्तुुष्टि जनाउँदै अदालत परिसरमा प्रदर्शन गरेका थिए।

गत शुक्रबारदेखि सिद्धबाबाको पक्ष र विपक्षीमा प्रदर्शन भएपछि ठूलो संख्यामा सुरक्षाकर्मीपरिचालन गरिएको थियो। सोमबार पनि बिहानैदेखि दुुवै पक्षले प्रदर्शन गरेका थिए ।

प्रकाशित: Dec 30, 2019| 10:42 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।