शनिबार, वैशाख १५, २०८१

मंगल ग्रहमा किन पुग्न सकेनन् मानिस ?

पछिल्लो समयसम्म आइपुग्दा विज्ञानको क्षेत्रमा ठूलै प्रगति भइसकेको छ, तर यस्ता कैयौं विषयवस्तु छन्, जसले मानिसलाई सधैं चुनौती दिइरहेका छन्।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं- पछिल्लो समयसम्म आइपुग्दा विज्ञानको क्षेत्रमा ठूलै प्रगति भइसकेको छ, तर यस्ता कैयौं विषयवस्तु छन्, जसले मानिसलाई सधैं चुनौती दिइरहेका छन्। यस्तै चुनौतीमध्ये एक हो– मानिस रातो ग्रह अर्थात् मंगल ग्रहमा पुग्न नसक्नु।

triton college

यसका धेरै कारण छन्, जसबारे अन्तरिक्ष एजेन्सी नासाले जानकारी गराएको छ। नासाले गत वर्ष मंगल ग्रहमा जानका लागि हुने मुस्किलको एउटा सूची बनाएको थियो। यी कठिनाइमा मंगल ग्रहमा विकिरण, पृथ्वीबाट लामो दूरी, गुरुत्वाकर्षण र त्यहाँको बन्द वातावरण रहेका छन्।

मंगलमा जान देखिएको पहिलो चुनौती भनेको विकिरण हो। यसलाई मानिसका आँखाले हेर्न सकिँदैन। मंगल ग्रहको आफ्नो कुनै चुम्बकीय क्षेत्र छैन। यस्तो अवस्थामा त्यहाँका खतरनाक ब्रह्माण्डीय विकिरणले मानिसको आँखामा मोतिबिन्दु तथा क्यान्सरसमेत लाग्न सक्ने एजेन्सीलाई उदृत गर्दै कारोबारले लेखेको छ।

पृथ्वीबाट मंगल ग्रहको दूरी करिब १४ करोड माइल छ। चन्द्रमासम्म पुग्न अन्तरिक्ष यात्रीलाई तीन दिन यात्रा गर्नुपरेको थियो। तर मंगल ग्रहसम्म पुग्न मानिसलाई महिनौं यात्रा गर्नुपर्छ। यो आफैंमा ठूला चुनौती हो। कारोबारबाट

प्रकाशित: Dec 29, 2019| 02:27 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।