बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय एकताको जनमत तयार पार्न नेकपा निकट पत्रकारहरुलाई प्रचण्डको निर्देशन

राष्ट्रिय एकताको जनमत तयार पार्न नेकपा निकट पत्रकारहरुलाई प्रचण्डको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस सङ्गठन नेपाललाई निर्देशन दिएका छन्।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस सङ्गठन नेपाललाई निर्देशन दिएका छन्।

triton college

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ। नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूलाठूला परिवर्तन भएका छन्।’

परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए। ‘अहिलेको अन्तरराष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ। त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको छ। त्यसका लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ।’

उनले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजक हुनुपर्नेमा जोड दिए। अध्यक्ष दाहालले राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह पनि गरे।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिबद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको अध्यक्षको भनाइ थियो। ‘पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौँ। पाँच वर्षका लागि सरकार दिन्छौँ भनेका थियौँ, त्यो हामीले दिएका छौँ। पाँच वर्षका लागि बनेको सरकारले इमान्दारीका साथ काम गरिरहेको छ।’

corrent noodles
Metro Mart

अध्यक्ष दाहालले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिबद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको स्पष्ट पारे। उनले सरकारले इमान्दारिताका साथ काम गरिरहेकाले विरोधीले गरेको जस्तो प्रचारले कुनै अर्थ नराख्ने भन्दै त्यस्ता प्रचारको खण्डन गर्नसमेत आग्रह गरे।

समाजको सामाजिक न्याय, समृद्धिको लडाईंमा कम्युनिष्टले सबैभन्दा अगाडि रहेर बलिदान दिएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले राष्ट्रको एकता र समृद्धिका लागिसमेत सरकार र पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारे।

केही प्रतिक्रान्तिकारी शक्तिले अझै पनि परिवर्तनलाई उल्ट्याउने प्रयास गरिरहेको उल्लेख गर्दै उनले त्यो कुनै हालतमा सफल हुन नसक्ने उल्लेख गरे हालै सम्पन्न स्थायी कमिटी बैठकबाट पनि विचारमा एकरुपता हुनु नै पार्टी एकताको मुख्य आधार हो भनेर जोड दिएको भन्दै उनले विचारमा एकरुप आधार बन्दैनथ्यो भने केही समूह र नेतृत्वले चाहदैमा पार्टी एकतासमेत हुन नसक्ने बताए।

अध्यक्ष दाहालले संविधान गतिशील दस्तावेज भएकाले जनता र राष्ट्रको आवश्यकताअनुसार परिमार्जन गर्दै लैजाने स्पष्ट पारे। देशको राष्ट्रियता स्वाधीनता सार्वभौमसत्ता, भौगोलिक अखण्डताबाहेकका राजनीतिक विषय परिवर्तनशील रहेको संविधानले नै स्पष्ट पारेकाले समय क्रममा संशोधन गर्ने बताए।

कार्यक्रममा महासचिव विष्णु पौडेलले पार्टी र सरकारको निर्देशनअनुसार प्रेस सङ्गठन प्रतिबद्ध भएर परिचालित हुनुपर्ने बताए। उनले पार्टीको विरोध गर्न सीमाभित्र रहेर गर्न पाइने र वैचारिक विषयवस्तुलाई सङ्गठनले बोकेर लैजानुपर्नेमा जोड दिए। रासस

प्रकाशित: Dec 28, 2019| 12:35 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।