शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'गणतन्त्र आएपनि नेतामा राणाकालिन आत्मसमर्पणवादी मानसिकता बढ्यो'

'गणतन्त्र आएपनि नेतामा राणाकालिन आत्मसमर्पणवादी मानसिकता बढ्यो'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेताहरुमा राणाकालिन आत्मसमर्पणवादी मानसिकता बढेर गएको आरोप लगाएका छन्।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेताहरुमा राणाकालिन आत्मसमर्पणवादी मानसिकता बढेर गएको आरोप लगाएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो विचार राख्दै थापाले भारतीय राजदूत बिदाईको सन्दर्भमा राष्ट्रपतिदेखि ठूला दलका नेताले देखाएको व्यवहारले गणतन्त्र आएपनि नेताहरुमा राणाकालिन आत्मसमर्पणवादी मानसिकता भने झनै बढेर गएको आरोप लगाए।

triton college

थापाले भने, 'राजदुतहरु आउने जाने क्रम चलिरहन्छ। त्यो स्वभाविक हो। तर,अहिले भारतीय राजदूतको बिदाईको सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुको अस्वभाविक व्यवहार देख्दा लज्जावोध हुन्छ। देशमा ठूलो परिवर्तन भयो, गणतन्त्र आयो भनिन्छ तर नेताहरुको राणाकालिन आत्मसमर्पणवादी मानसिकता भने झन् बढेर गयो।'

सन् २०१७ को २६ मार्चदेखि भारतीय राजदूतका रुपमा नेपाल आएका मञ्जिभसिंह पुरी आफ्नो कार्यकाल पूरा गरी २ जनवरीमा स्वदेश फर्कदै छन्। यसक्रममा पुरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।

प्रकाशित: Dec 28, 2019| 02:55 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।