शनिबार, वैशाख १५, २०८१

डेढ महिनापछि प्रदेशसभा बैठक बस्दै

प्रदेश २ को प्रदेशसभा बैठक पौष १४ गते बस्ने भएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिले पौष १४ गते बैठक बोलाउन निर्णय गरेपछि करिब डेढ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

जनकपुरधाम-प्रदेश २ को प्रदेशसभा बैठक पौष १४ गते बस्ने भएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिले पौष १४ गते बैठक बोलाउन निर्णय गरेपछि करिब डेढ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो।

triton college

बुधबार बसेको समिति बैठकले आगामी पौष १४ गते १ बजे प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको राजपाका प्रदेशसभा सदस्य मनिष सुमनले जानकारी दिए।

प्रदेशसभाको पछिल्लो बैठक २९ कार्तिकमा बसेको थियो। अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन। बैठक सञ्चालन गर्नेबारे सरकारले निर्णय गर्न नसक्दा चौथो अधिवेशन सञ्चालन हुनुपर्नेमा हालसम्म तेस्रो अधिवेशनसमेत अन्त्य हुन सकेको छैन। गत वर्ष चैत महिनामा सुरु भएको प्रदेशसभाको तेस्रो अधिवेशन हालसम्म जारी छ।

गत आर्थिक वर्षमा सरकारका विभिन्न मन्त्रालयले वितरण गरेको ८४२ मध्ये ५१० योजनाको रकम भुक्तानी हुन नसकेपछि सत्तापक्ष र विपक्षी दलका प्रदेशसभा सदस्यहरुले विरोध जनाएपछि बैठक स्थगित भएको थियो।

कतिपय योजनामा कामै नगरी भुक्तानीको लागि सिफारिस गरिएको भन्दै प्रदेशको आर्थिक मामिला मन्त्रालयले निकासा रोकेको थियो। भुक्तानी बाँकी रहेको योजनाहरुको विवरण पठाउन आर्थिक मामिला मन्त्रालयले सम्बन्धित मन्त्रालयहरुलाई पत्राचार गरेको बताइएको छ। मन्त्रालयहरुले विवरण पठाएपछि बाँकी रहेको रकम निकासा गरी सम्बन्धित कार्यालयमार्फत भुक्तानी हुने जनाइएको छ।

corrent noodles
Metro Mart

यता प्रदेशसभा सचिवालयका सूचना अधिकृत अवधकिशोर कुशवाहाले प्रदेशसभा बैठक सञ्चालन गर्नेबारे समितिको बैठकले गरेको निर्णयबारे हालसम्म आफूलाई कुनै जानकारी नरहेको बताए। कुशवाहाका अनुसार नयाँ विजनेसको रुपमा सरकारले प्रदेश अनुसन्धान ब्यूरो, प्रदेश पदक, प्रदेश जाँचबुझ आयोग गठन र प्रदेश आवश्यक सेवा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकसहित चारवटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ।

प्रकाशित: Dec 26, 2019| 11:37 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।