शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंकाे तापक्रम ०.९ डिग्रीमा झर्‍याे, माइनसमा जाने सम्भावना

काठमाडौंकाे तापक्रम ०.९ डिग्रीमा झर्‍याे, माइनसमा जाने सम्भावना

बाक्सो हुस्सुसँगै काठमाडौं उपत्यकामा अत्यधिक चिसो बढेको छ । बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेन्टिग्रेड मापन गरिएको छ ।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं- बाक्सो हुस्सुसँगै काठमाडौं उपत्यकामा अत्यधिक चिसो बढेको छ ।

triton college

बुधबारको तुलानामा बिहीबार न्यूनतम तापक्रम स्वाट्टै घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ ।

आज बिहान ८ः ४५ बजे गरिएको मापनमा काठमाडौंको तापक्रम शून्य दशमलब ९ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।

यसअघि आजै बिहान ६ः३० बजेको तापक्रम भने १ डिग्री सेल्सीयस थियो । बुधबारको न्यूनतम तापक्रम २.९ डिग्रीसेल्सियस थियो ।

न्यूनतम तापक्रम घटेसँगै अत्याधिक चिसो महशुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमडौं उपत्यकासहित देशभर अझै चिसो बढ्ने छ ।

corrent noodles
Metro Mart

भोलिको तापक्रम शून्य डिग्रीमा झर्न सक्ने अनुमान गरिएको छ । महाशाखाका अनुसार काठमाडाैंकाे तापक्रम माइनसमा जाने सम्भावना देखिएकाे छ ।

आज तराईका जिल्लाहरुमा पनि बाक्लो हुस्सु लागेको छ । हुस्सुसँगै तराईका जिल्लाहरुमा पनि चिसो बढेको छ भने शीतलहरको समेत जोखिम देखिएको मौसमविद् समिर श्रेष्ठले बताए ।

आज देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित: Dec 26, 2019| 02:38 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।