शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चिनियाँ अपराधी नेपालमा सक्रिय, पक्राउ परेकालाई लिन चार्टर्ड जहाज आउँदै

चिनियाँ अपराधी नेपालमा सक्रिय, पक्राउ परेकालाई लिन चार्टर्ड जहाज आउँदै

नेपाल र चीनका प्रहरीको तीन महिनाको तयारीपछि सोमबार सात ठाउँबाट १२२ जना पक्राउ परेका छन्। उनीहरुबाट पाँच सय ल्यापटप र ठूलो संख्यामा मोबाइल बरामद भएको छ।
 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन्।

triton college

नयाँ पत्रिका र नागरिक दैनिकले नेपालमा अपराधिक गतिविधि गर्न सक्रिय भएका सय बढि चिनियाँ नागरिक पक्राउ परेको विषयलाई मुख्य समाचार बनाएको छन्।

नेपाल र चीनका प्रहरीको तीन महिनाको तयारीपछि सोमबार सात ठाउँबाट १२२ जना पक्राउ परेका छन्। उनीहरुबाट पाँच सय ल्यापटप र ठूलो संख्यामा मोबाइल बरामद भएको छ।

यो विदेशीविरुद्ध गरिएको अहिलेसम्मकै ठूलो अपरेसन हो । उनीहरुविरुद्ध चीनमै मुद्दा चल्ने भएको आजका पत्रपपत्रिकाले लेखेका छन्।

यसै विषयलाई मुख्य समाचार बनाउँदै नयाँ पत्रिकाले १२२ चिनियाँ पक्राउ, लिन चार्टर्ड जहाज आउँदै शीर्षकमा खबर छापेको छ भने नागरिकले चीनकै परामर्शमा सय बढी चिनियाँ पक्राउ शीर्षकमा खबर छापेको छ।

corrent noodles
Metro Mart

यस्तै गोकर्ण रिसोर्ट र दरबारमार्गको जग्गा लिजमा दिने विषयमा भएको सम्झौताको कागजजात नेपाल ट्रस्टसँग लेखा समितिले मागेको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ।

आजको कान्तिपुर दैनिकले भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको विषयलाई मुख्य समाचार बनाएको छ।

यस्तै लुम्बिनीमा यती समुहले नियमविपरित होटल चलाएको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ।

अन्नपूर्ण पोस्ट्ले सर्वोच्च अदालतमै मुद्दाको सुनुवाइ अत्यन्त सुस्त हुने गरेको विषयलाई मुख्य समाचार बनाएको छ। प्रतिवर्ष ६० प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएको सर्वोच्चले एक वर्षमा जम्मा ३०.७६ प्रतिशत मात्रै मुद्दाको छिनोफानो गरेको छ ।

१२२ चिनियाँ पक्राउ, लिन चार्टर्ड जहाज आउँदै

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ ।

अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो ।

पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्नहरू छन् । चिनियाँ प्रहरीको अनुरोधमा पक्राउ परेका उनीहरूलाई लिन उतैबाट चार्टर्ड जहाज आउँदै छ ।

चिनियाँहरूलाई प्रहरीले ठाउँठाउँबाट र समूह–समूहमा पक्राउ गरेको छ । चिनियाँ अधिकारीले दिएको सूचीकै आधारमा मनमैजुका चार, बाँसबारीका दुई र बुढानीलकण्ठको एक घरमा छापा हानी प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

तर, यो अभियान अभैm जारी रहने प्रहरी अधिकारीले जनाएका छन् । ‘चिनियाँ पक्षले ६ सयजनाको सूची दिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सोचेभन्दा थोरै मात्र पक्राउ परे, धेरै भागिसकेका हुन सक्छन्, यो अपरेसन जारी रहन्छ ।’

बाँसबारी, नयाँबजार क्षेत्रमा घर नै भाडामा लिएर बस्दै आएका चिनियाँ नागरिक पर्यटक भिसामा थिए । उनीहरूबाट करिब पाँच सय ल्यापटप तथा मोबाइल बरामद गरिएको छ । ‘उनीहरूबाट ल्यापटप, मोबाइललगायत विद्युतीय सामग्री बरामद भएका छन्, प्रहरीले ती सामग्रीमाथि पनि अनुसन्धान गर्दै छ,’ सिआइबीका निर्देशक डिआइजी नीरज शाहीले नयाँ पत्रिकासँग भने ।

प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागले उनीहरूविरुद्ध सूचना संकलन गरेर पृष्ठभूमि तयार पारेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र स्थानीय प्रहरीले फिल्डमा अपरेसन चलाए । कारबाहीका लागि चीनबाट समेत एक दर्जन प्रहरी अधिकारी तथा आइटीविज्ञ गत साता काठमाडौं आएका थिए ।

नेपालबाहेक फिलिपिन्स, मलेसिया, सिंगापुरलगायत पूर्वी एसियाली देशहरूमा अपरेसन गर्न चिनियाँ प्रहरी एकैपटक पुगेको छ । यसका लागि नेपाल र चीनका अधिकारीहरू तीन महिनादेखि तयारीमा थिए । नेपालमा उनीहरूले अपराध गरेको नभेटिएकाले यहाँ फौजदारी अभियोगमा कारबाही हुने सम्भावना न्यून छ ।

उनीहरूलाई भिसासम्बन्धी कसुरमा कारबाही गरेर निष्कासन गर्ने र चिनियाँ अधिकारीलाई बुझाउने गृह मन्त्रालयको तयारी छ । लगत्तै, नेपाल सरकारले निष्कासन गरेपछि उनीहरूलाई एकैपटक चीन पुर्‍याउन उतैबाट चार्टर्ड विमान ल्याइँदै छ । स्वदेशमै लगेर थप अनुसन्धान गर्ने चीनको तयारी छ ।

प्रकाशित: Dec 24, 2019| 01:32 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।