शनिबार, वैशाख १५, २०८१

एनआईसी एशिया बैंकको आईभीआर सेवा सञ्चालनमा

 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले ग्राहकलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर) सेवा सञ्चालनमा ल्याएको छ । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्नुे बैंकले विश्वास लिएको छ ।

triton college

ग्राहकले यो सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्नेछन् । यो सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहकले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुबै माध्यमबाट गर्न सकिनेछ ।

सर्वप्रथम दर्ता गर्नका लागि आईभीआर इस्पेस आफ्नो खाता नम्बर टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ । केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । दर्ता प्रक्रिया समाप्त भएपश्चात सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सकिनेछ ।

 

प्रकाशित: Dec 23, 2019| 03:45 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्