शुक्रबार, वैशाख १४, २०८१

यूनियन लाइफको दोस्रो साधारणसभा सम्पन्न

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं– यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा पुस ४ गते सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट पेश भएको आव २०७४–०७५ को वार्षिक प्रतिवेदन, आव २०७४–०७५ को लेखा परीक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदनमान बमोजिमको वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

triton college

यसैगरी आब २०७५–०७६ का लागि लेखा परीक्षकको नियुक्ति तथा कम्पनीबाट सामाजिक उत्तरदायित्व अन्र्तगत भएका खर्चहरु समेत स्वीकृत गरेको छ । साधारण सभाले कम्पनीबाट सर्वसाधारण समक्ष निष्काशन गरिने आइपिओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडि बढाउने सहमति प्रदान गरेको छ ।

कम्पनीले जारी पू“जी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

 

प्रकाशित: Dec 22, 2019| 07:13 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्