बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • ट्रम्पले पत्र लेख्दै सभामुखलाई भने, ‘महाअभियोग प्रक्रिया रोक्नुहोस्’

ट्रम्पले पत्र लेख्दै सभामुखलाई भने, ‘महाअभियोग प्रक्रिया रोक्नुहोस्’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्ले प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीलाई पत्र लेख्दै आफूविरुद्धको महाअभियोग प्रक्रिया रोक्न आग्रह गरेका छन्।
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्ले प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीलाई पत्र लेख्दै आफूविरुद्धको महाअभियोग प्रक्रिया रोक्न आग्रह गरेका छन्।

triton college

ट्रम्पविरुद्धको महाअभियोगमा बुधबार प्रतिनिधिसभामा सुनुवाई हुँदैछ। ट्रम्पले पेलोसीलाई आक्रोशपूर्ण पत्र लेख्दै महाअभियोग प्रक्रिया रोक्न आग्रह गरेका हुन्।

ट्रम्पले पत्रमा महाअभियोगले डेमोक्र्याट्स सांसदहरुको शक्तिको अप्रत्याशित र असंवैधानिक दूरुपयोगलाई दर्शाउने टिप्पणी गरेका छन्।

उनले भनेका छन्, अमेरिकी संसदको इतिहासमा साढे दुई सताब्दीमा यस्तो भएको छैन, अहिले यस्तो गरिँदैछ, त्यो गलत हो।’

प्रतिनिधिसभाको न्यायिक समितिद्वारा पेश गरिएको महाअभियोग पत्रका दफाहरुलाई असंवैधानिक भन्दै ट्रम्पले यो विधिको शासनको कुनै पनि मानक नभएको टिप्पणी गरेका छन्।

corrent noodles
Metro Mart

ट्रम्पले सभामुख पेलोसीलाई भनेका छन्, ‘अवैध महाअभियोगको प्रक्रिया सुरु गरे तपाईँले आफ्नो पदको सपथको उल्लंघन गरेको ठहरिनेछ। तपाईले संविधानप्रति आफ्नो निष्ठा समाप्त पार्दै हुनुहुन्छ, तपाईँले अमेरिकी लोकतन्त्रमा खुलेआम युद्धको घोषणा गरिरहनु भएको छ।’

बुधबार बस्ने अमेरिकी संसदको तल्लो सदन भनिने प्रतिनिधिसभा बैठकमा ट्रम्पविरुद्धको महाअभियोगमा मतदान गर्ने तयारी भइरहेको छ।

प्रतिनिधिसभामा विपक्षी डेमोक्रेट्स पार्टीको बहुमत भएकाले उक्त सभाबाट ट्रम्पविरुद्धको महाअभियोग पारित हुने सम्भावना बलियो छ।

प्रतिनिधिसभाबाट पारित भएपछि महाअभियोगको प्रस्ताव त्यहाँको माथिल्लो सभा अर्थात् सिनेटमा पेश हुनेछ।

सिनेटमा भने सत्तारुढ रिपब्लिकन पार्टीको बहुमत छ। त्यहाँबाट पास नभएमा महाअभियोग लाग्ने वा ट्रम्पले पद छोड्नुपर्ने बाध्यता हुनेछैन।

प्रकाशित: Dec 18, 2019| 10:56 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।