शुक्रबार, वैशाख १४, २०८१

सभामुख पूर्वमाओवादीबाटै छान्‍न प्रचण्डलाई दबाब

पूर्वमाओवादी नेताहरुले सभामुख चयन गर्दा पूर्वमाओवादी खेमाबाटै चयन गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन् ।
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन्।

triton college

आजको अन्नपूर्ण पोस्ट्ले पूर्वमाओवादी नेताहरुले सभामुख चयन गर्दा पूर्वमाओवादी खेमाबाटै चयन गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएको विषयलाई मुख्य समाचार बनाएको छ ।

नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाललगायतले सोमबार प्रचण्डलाई भेट्दै सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने भन्दै दबाब दिएका हुन् ।

यस्तै अन्नपूर्णले पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । संकटकाल घोषणा गरेर देशद्रोह गरेको आरोपमा उनलाई मृत्युदण्डको फैसला गरिएको छ ।

नागरिक दैनिकले दाहाल निवासमा छुट्टै बैठक शीर्षकमा मुख्य समाचार छापेको छ । पार्टी स्थायी कमिटी बैठक जारी रहेकै बेला अध्यक्ष पुष्पकमल दाहालले आफ्नै निवास खुमलटारमा पूर्वमाओवादी खेमाका नेताहरुलाई बोलाएर बैठक गरेका हुन् ।

corrent noodles
Metro Mart

यस्तै समाचार संकलनका क्रममा पत्रकार कुट्ने तीन डीएसपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ । सागको समापनका दिन प्रहरीले पत्रकारमाथि कुटपिट गरेको थियो ।

आजको कान्तिपुरले भने अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी नेपाल सरकारकै पहलमा ल्याइएको अमेरिकी दाबीलाई मुख्य समाचार बनाएको छ ।

नेपालकै आग्रहमा यो कार्यक्रम ल्याइएकाले संसद्बाट अनुमोदन हुनेमा आफू विश्वस्त रहेको अमेरिकी राजदुत र्यान्डी डब्लु बेरीले प्रतिक्रिया दिएका छन् ।

आजको नयाँ पत्रिकाले भने यति समुहलाई गोकर्ण रिसोर्टको २७ सय ९३ रोपनी सरकारी जग्गा बुझाउन ऐन नै संसोधन गरिएको विषयलाई मुख्य समाचार बनाएको छ ।

कानुन संशोधन गरेर नेपाल ट्रस्टको सदस्यबाट सरकारका सातजना सचिवलाई एकैपटक बिदा गरियो, प्रधानमन्त्रीले तोकेका, तर सरकारबाहिरका तीनजना सदस्य राख्ने व्यवस्था भयो, टीका लगाएर बनाइएका सदस्य र रक्षामन्त्री पोखरेल अध्यक्ष रहेको ट्रस्टको सिफारिसअनुसार गोकर्ण रिसोर्टको २७ सय ९३ रोपनी सरकारी जग्गा मन्त्रिपरिषद्ले यती समूहलाई जिम्मा लगाएको समाचारमा उल्लेख छ ।

नयाँ सभामुख चयन : दाहालमाथि नैतिक दबाब

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार संसद् सभामुखविहीन भएको ७९ दिन पुगेको छ। नेकपाले नयाँ सभामुखबारे निर्णय नगर्दा नेताहरू अलमलमा छन्।

पूर्वमाओवादी पक्षका नेताले भने पार्टी एकतापूर्वको भागबन्डाअनुसार सभामुख पद नछाड्न अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिएका छन्।

नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादवलगायतले यसबारे सोमबार बिहान दाहालसँग जिज्ञासा राखेका थिए।

‘सभामुख चयनबारे अनेक अडकलबाजी छन्। अबको सभामुख को हो ? हामीले पूर्वएमालेतिर दिने गरी यो पद छाडिसकेको हो र ? ’, उनीहरूले दाहालसँग जिज्ञासा राखे।

स्थायी समिति बैठकमा पेस भएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा समान धारणा बनाउन दाहालले खुमलटारमा उनीहरूलाई बोलाएका थिए।

उनीहरूले सुरुमा दाहालको ब्रिफिङ सुनेका थिए। त्यसपछि भने सभामुख चयनका विषयमा जिज्ञासा उठाएको एक नेताले बताए।

पार्टी एकतापूर्वको भागबन्डामा सभामुख माओवादी भागमा परेको, पार्टी एकता भए पनि अझै संगठनात्मक एकताको काम संक्रमणकै अवस्थामा रहेको, एकता महाधिवेशनसम्म तत्कालीन पार्टीको भागबन्डा यथावत् राख्नुपर्ने भएकाले सभामुख छाड्न नसकिने धारणा उनीहरूले सुनाएका थिए। संवैधानिक पदमा भएको भागबन्डा छाड्न नहुने भन्दै केही नेताले दबाब दिएका थिए।

एक–एक गरी नेताहरूको कुरा सुनेपछि दाहालले सभामुख चयनका विषयमा निर्णय नभएको जवाफ दिएका थिए।

‘प्रधानमन्त्रीसँग अब सभामुख चयन प्रक्रिया लम्बाउनु हुँदैन, छिटो टुंग्याउनुपर्छ। स्थायी समिति बैठक सकेर दुई अध्यक्षले यस विषयमा छलफल गरौं र एउटा निर्णयमा पुगौंला भन्ने कुरा मात्र भएको छ’, दाहाललाई उधृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘अहिले यही पात्र र यही पूर्ववत् पार्टीलाई सभामुख भन्ने ढंगले छलफल चलेकै छैन। प्रधानमन्त्रीले पनि न सभामुखमा यो व्यक्तिलाई अगाडि सार्‍यौं भन्नुभएको छ न मैले पनि यो व्यक्ति भनेर नाम प्रस्ताव गरेको छु। विगतको भागबन्डा बदल्ने÷नबदल्ने कुनै छलफल छैन।’

प्रकाशित: Dec 18, 2019| 01:25 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।