शुक्रबार, वैशाख १४, २०८१

डिशहोममा एसईईको तयारी कक्षा

 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं– डिशहोमले एसईईको तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि तयारी कक्षा प्रसारण गर्ने भएको छ । यो तयारी कक्षाको प्रसारण डिशहोमको शोकेस २ च्यानलमार्फत् गरिनेछ ।

triton college

यो कक्षामा विद्यार्थीहरुले अंग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्नेछन् । नेपाल सरकारबाट मान्यता प्राप्त पाठ्यक्रममा आधारित रहेर दूर शिक्षा प्रविधिमार्फत् अध्यापन गराइने यी कक्षाहरुले विद्यार्थीहरुको पढाईमा थप सहयोग पुग्ने अपेक्षा डिशहोमको छ ।

डिशहोमको शोकेस २ च्यानलमा प्रसारण हुने गरिने तयारी कक्षा यही पुस १ गतेदेखि फागुन मसान्तसम्म संचालन हुने बताइएको छ । अंग्रेजी विषयको कक्षा बिहान ६ः३० बजे, गणितको विहान ७ः३० बजे र विज्ञानको कक्षा विहान ८ः३० बजे प्रसारण गरिनेछ । तिनै कक्षाहरु दिउँसो क्रमशः १२ः३०, १ः३०, र २ः३० बजे र साँझ ६ः३०, ७ः३० र ८ः३० बजे क्रमशः पुनः प्रसारण हुनेछन् ।

यस वर्षको एसईई चैत ६ गते बिहीबारबाट सुरु हुने भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा चैत १७ सम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

 

corrent noodles
Metro Mart

प्रकाशित: Dec 17, 2019| 07:06 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्